IMG-LOGO

पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न बहस

 मंगल, जेठ २१, २०८२  – उज्जवल चौलागाई 

 

     ऐतिहासिक तथा सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूची तथा सम्भावित विश्व सम्पदाको सूचीमा सूचीकृत गराउने उद्देश्यले सरोकारवालाबीच छलफल गरिएको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा र पनौती नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा मन्त्रालयका अधिकारी, नगरका प्रतिनिधि, सम्पदा विज्ञ, समुदायका अगुवालगायत सरोकारवाला निकायहरुबीच छलफल गरिएको थियो ।

     पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास वर्षौंदेखि भइरहे पनि विभिन्न प्राविधिक त्रुटिका कारणले ती प्रयास सफल हुन नसकेको बताउनु भयो । उहाँले सबै सरोकारवालाको समन्वय, सहयोग र प्रतिबद्धता आवश्यक छ ।’ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाका सहसचिव डा. सुरेश सुरश श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै विश्व सम्पदा महासन्धि, कार्य सञ्चालन निर्देशिका, सम्भावित सम्पदाको सूचीमा नाम लेखाउने प्रक्रिया, मनोनयन तथा सूचीकरण प्रक्रिया, खतरामा परेका सम्पदाहरूको सूची र संरक्षित स्मारक क्षेत्रका अवधारणा लगायतका महत्वपूर्ण विषयमा जानकारी दिनुभएको थियो । छलफलमा सहभागीहरूबीच पनौतीको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वका पक्षहरूलाई आधार बनाएर त्यसलाई युनेस्कोको सूचीमा सूचीकृत गराउने रणनीतिबारे बहस छलफल भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्