IMG-LOGO

लायन्स क्लब डिक्ट्रीक्ट ३२५ आईको अफिसर स्कुलीङ कार्यक्रम

 मंगल, जेठ २१, २०८२  --

     लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई नेपालको लायन बर्ष २०२५÷२०२६ को लागि एक दिने एख्क्त् इााष्अभच क्अजययष्लिन कार्यक्रम यही जेष्ठ १५ गते बिहिवारका दिन काठमाण्डौंस्थित स्मार्ट दरबार होटलमा भव्यतापूर्वक सम्पन्न भएको छ । उक्त एख्क्त् क्ऋज्इइीक्ष्ल्न् कार्यक्रममा बागमती एरियाका नव नियुक्त अध्यक्ष, उपाध्यक्ष, सचीव र कोषाध्यक्षहरुको उपस्थितिमा आ–आफ्नो जिम्मेवारी सहित क्लबको क्षमता एवं दक्षता अभिवृद्धिको लागि नेतृत्व विकास सम्बन्धि विशेष प्रशिक्षण कार्यक्रम बिशिष्ट लायन्स एरिया लिडरहरुबाट भव्य एवं सभ्य ढंगले सम्पन्न गरिएको थियो ।

     मनोनीत डिष्ट्रीक गभर्नर लायन पार्वती खरेल पाण्डेज्यूको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथिहरुमा ीऋक्ष्ँ एरिया लिडर एवं क्ष्लतभचलबतष्यलब िम्ष्चभअतयच क्ष्लमयचकभ का उम्मेदवार लायन राजन लम्साल, एम्न् तथा पोखरा महानगरपालिकाका मेयर लायन धनराज आचार्य, एबकत म्ष्कतचष्अत न्यखभचलभच लायन इन्दु लम्साल, एःऋऋ एवं एबकत म्ष्कतचष्अत न्यखभचलभच लायन मन बहादुर रोक्का, एबकत म्ष्कतचष्अत न्यखभचलभच लायन राम बहादुर बसेल, क्ष्एम्न् तथा मोटिभेशनल स्पिकर लायन चन्द्र कुमार के.सी, म्ष्कतचष्अत न्यखभचलभच लायन बिनोद ढुंगाना र लायन वर्ष २०२५÷२६ को डिष्ट्रीक गर्भनर लायन पार्वती खरेल पाण्डे लगायत कार्यक्रमलाई थप प्रभावकारी बनाउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लायन लिडरहरु तथा विशिष्ट व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो ।

     क्भ्च्ख्भ्, ीभ्ब्म् ब्ल्म् च्क्ष्क्भ् को नारा सहित लायन वर्ष २०२५÷०२६ का मनोनीत डिस्ट्रीक गर्भनर लायन पार्वती खरेल पाण्डेले आफ्नो एक वर्षे कार्यकालमा समुदायमा रहेका महिला, बालबालिका एवं युवाहरुको सवालमा विभिन्न किसिमका सामाजिक कार्यहरु अगाडी बढाउने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

     निः स्वार्थ सेवा, सशक्त्त नेतृत्व र उत्कृष्टताको यात्रा (क्भचखभ, ीभबम बलम च्ष्कभ) को स्लोगन अनुसार महिला बालबालिका र युवाहरु माझ स्वास्थ्य, शिक्षा, वातावरण, महिला सशक्तीकरण र कृषीको क्षेत्रमा काम गर्ने उहाँले बताउनुभयो । हाल ३२५ आई मा २६६ वटा क्लब रहेकोमा अब झण्डै १०० भन्दा बढी क्लब थप गर्ने उहाँको लक्ष्य रहेकोे छ ।

     लायन्स डिष्ट्रीक ३२५ आई नेपालको सबैभन्दा ठूलो डिष्ट्रीक रहेकोे छ । हरेक बर्ष अन्तर्राष्ट्रिय जगतमा समेत बलियो पहिचान बनाउन सफल भएको ३२५ आई नेपालले आगामी वर्ष पनि नयाँ रेकर्ड बनाउने लक्ष्य लिएको डिष्ट्रीक गर्भनर लायन पार्वती खरेल पाण्डेले बताउनुभएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्