बहल्टारेस्वर आध्यात्मिक प्रतिष्ठान धुलिखेल–८ बडालगाउँमा बहल्टारेस्वर मन्दिर शिलान्यास भएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले एक कार्यक्रम बिच जेठ १७ गते मन्दिरको शिलान्यास गर्नु भएको हो । कार्यक्रममा नगर उप प्रमुख निराजन जङ्गम र धुलिखेल–८ का वडा अध्यक्ष बिनोद गौतमले मन्दिर निर्माण कार्यमा तीब्रता दिई सम्पन्न गर्न सक्दो सहयोग पु¥याउने बताउनु भयो । नगर प्रमुख ब्यान्जुले मन्दिर निर्माणको लागि बजेट अभाव हुन नदिने बताउँदै यसको सम्पन्नताले धार्मिक पर्यटन क्षेत्रको सम्भावना बढदै गएको बाताउनु भयो । बडालगाउँमा विकास निर्माणले गति लिइएको आणविक अनुसन्धान केन्द्र निर्माणको लागि विज्ञान तथा प्रविधिमन्त्रालयमा प्रक्रिया अघि वढेको फिल्मसिटीको लागि सम्झौता भएसकेको खावा–बडाल गाउँ कल्छे सडक कालोपत्रे कार्य निरन्तर अघि बढेको नगर प्रमुख व्यान्जुले उल्येख गर्नुभयो । प्रतिष्ठानका सचिव गणेश बडालले नगरपालिकाले चालू आर्थिक वर्षको ३० लाख बजेट बिनियोजन गरेकोमा यस वर्ष असार सम्ममा १० लाखको कार्य गरिने बताउनुभयो । नगरपालिकाले ६० प्रतिशात र प्रतिष्ठानले ४० प्रतिशात बजेट ब्यवस्थापन गरि मन्दिर निर्माण गरिने कुरा प्रतिष्ठानका अध्यक्ष रामहरि बडालले बताउनुभयो । गत २०८० चैत्रमा श्री जन चेतना युवा समुहको अध्यक्ष रेमेशप्रसाद न्यौपानेको टिमको सकृयतामा श्रीमद् भगवत महायज्ञ सन्चालनबाट भक्तजनबाट ५५ लाख र स्थानीय तिर्थ प्रसाद बडालबाट ३ आना जग्गा दान गरे सगै मन्दिर निर्माण प्रक्रियाको सहजीकरण भएको जन चेतना युवा समुहका सचिव नवराज बडालले बताउनु भयो । मन्दीर निर्माणको जिम्मेवारी स्थानीय रेश रोक्काको टोलिले काऋृ प्रारम्भ गरेको छ ।
