IMG-LOGO

धुलिखेल अस्पताल परिसरमा बन्ने ट्रमा सेन्टरको प्रम ओलीद्वारा शिलान्यास

 मंगल, जेठ २१, २०८२  --

     धुलिखेल अस्पतालमा आधुनिक सुविधा सहितको १०० शय्याको ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माण हुने भएको छ । नेपाल सरकार र जापान सरकारको सहकार्यमा बन्न लागेको सेन्टरको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको हो । उनले ट्रमा सेन्टर शिलान्यास गर्दै यसले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ आयमको प्रारम्भ भएको दाबी बताउनुभयो । आकस्मिक उपचार र आपतकालीन स्वास्थ्य सेवामा यस्तो केन्द्रको आवश्यकता र औचित्य छ प्रम ओलीले बताउनुभयो । प्रम ओलीले धुलिखेलका जनता विकास प्रेमी, सहयोगी अनुशासित भएर बिकासमा सहकार्य सहयोग भूमिका खेलेकोले प्रगति सम्भव भएको तर्क गर्नुभयो । असम्भव, कठीन कार्यलाई सहज बनाउन निरन्तर लागि पर्नुभएका क्षमतावान आदर्श व्यक्तित्व धुलिखेल अस्पतालका निर्माता रामकण्ठ माकजु, काठमाण्डौं विश्वविद्यालयका संस्थापक शुरेशराज शर्मा, यहाँका जनप्रतिनिधि गोकुल बास्कोटा, अशोक ब्याञ्जु लगायतका काभ्रेका राजनीतिकर्मीहरु बिकासमा सकारात्मक भएकै कारण काभ्रे कै समग्र विकासमा उल्येख्यीय प्रगति भएको धारणा प्रम ओलीले राख्नुभयो ।

     कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले धुलिखेल अस्पताल परिसरमै निर्माण हुन लागेको ट्रमा सेन्टरले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताउनुभयो । सातै प्रदेशमा ट्रमा सेन्टर विस्तार गर्ने सरकारको योजनाअनुसार यो परियोजना अन्तिम चरणमा पुगेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा अझ सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षको बजेटमा सामुदायिक अस्पतालहरुलाई आर्थिक अनुदान प्रदान गर्ने योजना राखिएको उल्येख गर्नुभयो । साथै, स्वास्थ्य सेवा पहुँच विस्तार गर्न बिमा प्रणालीलाई थप व्यवस्थित गर्न सरकार लागिपरेको मन्त्री पौडेलले भनाइ राख्नुभयो । सबै नागरिकलाई एकद्वार प्रणालीमार्फत बीमाको पहुँचमा ल्याउने नीति अघि सारिएको पनि बताए ।

     ट्रमा सेन्टरको निर्माणका लागि जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी र अर्थ मन्त्रालयबीच ३.८७९ बिलियन जापनिज ऐन लगानीको सम्झौता भइसकेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामकण्ठ माकाजु श्रेष्ठले जानकारी दिनुभयो । सन् २०२७ सम्म पूरा हुने लक्ष्यसहित निर्माण हुने यो केन्द्रले काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा तराईका सडक सञ्जालमा पर्ने क्षेत्रका घाइते र आकस्मिक बिरामीलाई अत्याधुनिक सेवा दिने लक्ष्य राखिएको उनले बताए । उनका अनुसार, एमआरआई, सिटी स्क्यान, भेन्टिलेटर, एक्स–रेजस्ता उपकरणको प्रयोगबाट बिरामीलाई समयमै उपचार दिन सक्षम हुने आशा लिइएको छ ।

     तीन दशकदेखि गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको यस अस्पतालमा सुरु हुन लागेको नयाँ पहलले पूर्वी पहाडी क्षेत्रको स्वास्थ्य सुरक्षामा ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको उहाँले भनाई राख्नुभयो । धुलिखेल अस्पतालले सन् २०१४ देखि नै ट्रमा सेन्टरको अवधारणा अघि सारेको थियो । सवारी दुर्घटनाबाट हुने मृत्यु र गम्भीर चोटको दर बढिरहेका सन्दर्भमा अस्पतालमा ट्रमा सेन्टरको निर्माण अपरिहार्य रहेको सेन्टरका प्रमुख प्रा.डा. दिपक श्रेष्ठले जनाउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्