IMG-LOGO

यातायात व्यवसायीको बन्दले यात्रु मर्कामा

 मंगल, जेठ २१, २०८२  --

     सार्वजनिक यातायातका साधन जेठ १९ गते देखि अनिस्चितकालिन बन्द गरेपछि यात्रीहरुले सास्ती बेहोर्नु परेको छ । सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएको छ । सोमबार गृह मन्त्रालयमा बसेको सम्बद्ध अधिकारी र यातायात व्यवसायीबिचको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले जानकारी दिनुभयो । गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफ्नो आन्दोलन पनि तत्काल स्थगित गर्ने बताएका थिए ।

यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

     ‘हाम्रो माग तत्कालको लागि नियमावली स्थगित गर्नुपर्छ र संघीय ऐन बनेपछि त्यसको अनुकूल हुने गरी बनाउनुपर्छ भन्ने हो, यसमा कुनै निष्कर्ष निस्किएन, भोलि फेरि बस्ने कुरा भएको छ’ अध्यक्ष स्वाँरले भन्नुभयो । यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले हिजोको छलफल सकारात्मक भएको उल्लेख गर्नुभयो । तर, निर्णयमा पुग्न नसकिएकोले भोलि बस्ने गरी छलफल स्थगित भएको तिवारीले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्