IMG-LOGO

संगीतकार संघमा काभ्रेली अष्टको नेतृत्व

 मंगल, जेठ २१, २०८२  --

     संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई विदाइ गर्दै संगीतकार लामाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

     संगीतकार लामाको अध्यक्षतामा भएको संगीतकार संघ नेपालको वरिष्ठ उपाध्यक्षमा राजेश थापा रहेका छन् । त्यस्तै संघको प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा, सचिव दिपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय रहेका छन् ।

     त्यसैगरी सदस्यहरुमा हरि सायमी, कमलीकान्त भेटवाल, बबिना भट्टराई, तारावीर पाण्डे, अर्जुन कौशल रहेका छन् । संगीतरत्न शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको यस संघमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ र चेतन सापकोटा अध्यक्ष भइसकेका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्