IMG-LOGO

चोरीको आरोपमा रोशी–७ का अध्यक्ष गौतम पक्राउ

 मंगल, जेठ २१, २०८२  --

     चोरीको आरोपमा रोशी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष अशोक गौतमलाई जिल्ला प्रहरी काभ्रेका प्रहरी टोलीले प्रक्राउ गरेको छ । २०८१ असोज १०–१२ को अविरल वर्षातका कारण रोशी खोलामा पर्ने नमोबुद्ध नगरपालिका वडा नम्वर ६ र रोशी गाउँपालिका वडा नम्वर ७ मा पर्ने थानसिङबेशीमा रहेको फलामको पुल बगाएर बाँकी रहेको फलामका सामान कवाडीमा विक्री गरेको आरोपमा रोशी ७ का अध्यक्ष गौतम पक्राउ परेका छन् ।

     रोशी गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष अशोक गौतमलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले काभ्रे भन्ज्याङ्गबाट पक्राउ गरेको हो । रोशी ७ का अध्यक्ष अशोक गौतमले कवाडी ब्यवसायी मार्फत फलामको विक्री वापतको रकम मोवाईल बैकिङ्ग प्रणाली मार्फत भुत्तानी लिईसकेको ब्यवसायी मन्टु कुमारले प्रहरीलाई बयान दिएको प्रहरीले जनाएको छ । सोहि बयान र प्रमाणका आधारमा गौतमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

     लोड गर्न बोलार्ईएका दुई वटा टिपरलाई राति नै प्रहरीले नियन्त्रणमा लिए पछि प्रहरीलाई कवाडी ब्यवसायीले वडा कार्यालयको सिफारिस र वडा अध्यक्षहरुलाई बुझाएको रकमको प्रमाण देखाएका थिए । सोहि प्रमाणका आधारमा प्रहरीले ब्यवसायी र टिपर सहित चालकलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ । घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो । ‘तत्काल संलग्न प्रमाणका आधारमा पक्राउ परेकाहरुलाई चोरी अभियोगमा मुद्दा चलाईएको अन्यको संलग्नताका बारेमा थप अनुसन्धान हुँदैछ प्रहरी उपरीक्षक घलेले भन्नुभयो ।

     प्रहरीले कवाडी ब्यवसायीहरु भारत बिहार मोतिहारी स्थाई घर भइ हाल बनेपा न.पा. वडा नं. ७ तरकारी बजार बस्ने बर्ष ३२ को मन्टु कुमार, सर्लाही मलंगवा नगरपालिका वडा नं. ३ स्थाई घर भई हाल बनेपा न.पा.वडा नं.७ तरकारी बजार बस्ने बर्ष ३९ को जितेन्द्र पासवानलाई नियन्त्रणमा लिएको छ भने टिपर चालकहरु भुम्लु गा.पा. वडा नं. ०९ बस्ने बर्ष ४७ को मानबहादुर तामाङ, टिपर बा ५ ख ४६२६ नम्बरको चालक, रोशी गाउँपालिका वडा नं. ०८ बस्ने बर्ष ४० को रमेश लामा, बा २ ख ४००१ नम्बरको चालक पक्राउ परेका थिए । उनिहरुलाई मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्