IMG-LOGO

अग्रज स्रष्टा रसिक रहेनन्

 मंगल, जेठ २१, २०८२  --

     विगत लामो समय देखि प्रोस्टेड क्यान्सर जस्तो रोग सँग संघर्ष गर्दै आउनु भएका वरिष्ठ साहित्यकार गणेश रसिक आईतबार देखि हामी माझ रहनु भएन । नेपाली साहित्य र संगीतका निमित्त उहाँले प¥ुयाउनु भएको योगदान साँच्चै अतुलनिय छ । नेपाली साहित्यको आकाशबाट एउटा नक्षत्र बिलाए पनि उहाँले छर्नु भएको उज्यालोले नेपाली कला साहित्य र संगीतका क्षेत्रमा सँधै प्रकाश छरिरहने छ । भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका २ छिनामखुमा पिता स्वर्गीय नरोत्तम राई र माता रत्नमाया राईको कोखबाट २००४ साल आश्विन ४ गते जन्मनु भई हाल फिक्कल इलाममा स्थायी बसोबास गर्दै आउनु भएको थियो ।

     गणेश राई वास्तविक नाम भए पनि गणेश रसिक नामबाट चर्चित उहाँले बी.ए. सम्मको अध्ययन गर्नुभएको थियो । विक्रम सम्वत २०२४ सालमा करिब २० वर्षको उमेरमै ‘क्षितिजलाई छुन खोज्दा’ (कथा संग्रह) प्रकाशित गर्नुभएका साहित्यकार रसिकको ‘एउटा सारङ्गी छुन खोज्दा’ (कथा संग्रह २०२७), ‘रसिकका गीतहरू’ (गीत संग्रह २०४५), ‘आकाश गङ्गाको ओतमुनि’ (उपन्यास २०४८), ‘जब सिस्नुहरू टेक्दै हिँडे’ (संस्मरण २०५५) ‘बिलाउँदै गएको गीत’ (कथा संग्रह २०५८), ‘दशगजामा उभिएर’ (संस्मरण २०६३), ‘स्वाधीनताको पीडा’ (गीत संग्रह २०६८), ‘पेरुङ्गो संस्करण’ (पाँच कृति २०७८) प्रकाशित पुस्तक उहाँका छन् । नेपाली साहित्य र संगीत क्षेत्रले साहित्यकार रसिकलाई सधैं सम्झिरहने छन् । अल विदा अमर स्रष्टा गणेश रसिक ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्