IMG-LOGO

प्रेस चौतारीबाट खाद्यान्न र स्टेशनरी सहयोग

 मंगल, जेठ १४, २०८२  --

        प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाले आवद्ध सदस्य स्व. रेखबहादुर रखालको परिवारलाई खाद्यान्न र स्टेशनरी उपलब्ध गराएको छ । प्रेस चौतारी काभ्रे शाखाका अध्यक्ष केदारनाथ तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, महासघंका पुर्व अध्यक्ष मोतिराम तिमल्सिना, प्रेस चौतारी काभ्रेका पूर्व अध्यक्ष भुवन रायमाझी लगायत चौतारीकमौको उपस्थितीमा स्व. रखालको परिवारलाई खाद्यान्न र स्टेशनरी हस्तान्तरण गरिएको हो । रखाल चेष्टा साप्ताहिको संवाददाता भई काभ्रेको डाँडापारी भनेर चिनिने महाभारत क्षेत्रलाई आधार बनाएर पत्रकारिता गर्दै आएका थिए । थोरै भएपनि परिवारलाई सहयोग गर्ने उदेश्यसहित चामल, दाल, तेल लगायत खाद्यान्न र स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको शाखा अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । खाद्यान्न सामाग्री हिमालय दृश्यका सञ्चालक श्याम महतले उपलब्ध गराएका हुन् भने वर्षभरीलाई पुग्ने स्टेशनरी सामाग्री नव प्रभात पुस्तक भण्डारका प्रोपाइटर कृष्णराम कार्कीले सहयोग गरेका हुन् । यसअघि प्रस चौतारी काभ्रेले नव २०८२ को वर्षको अवसरमा चौतारीकर्मीबाट संकलित २३ हजार ६ सय ५ रूपैयाँ हस्तान्तरण गरेको थियो। उक्त रकम छोराछोरीको अध्ययनका लागि खर्च गरिएको स्व. रखालकी श्रीमती निर्मला रखालले बताउनुभयो । महाभारत–३ निवासी निर्मलाका ३ छोरा र एक छोरी छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्