IMG-LOGO

गोसांईकुण्ड सम्म यौगिक पद यात्रा

 मंगल, जेठ १४, २०८२  --

 

        पतंजलि योग समिती बागमती प्रदेशको आयोजनामा पवित्रस्थल गोसाईकुण्डसम्म यौगिक पदयात्रा भएको छ । जेष्ठ १० गतेबाट प्रारम्भ उक्त पदयात्राको नेतृत्व पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले गर्नु भएको थियो । सो पदयात्रामा पतंजलि योग समिती नेपालका प्रमुख प्रभारी लवदेव मिश्र पनि सहभागी हुनुहुन्छ । बागमती प्रदेशमा ७ सातै जिल्लाबाट योग पदाधिकारी सदस्य साधक–साधिकाहरु गरी जम्मा २६० जना सहभागी सो टोलीमा काभ्रे जिल्लाबाट २७ जनाको टोलिको नेतृत्व महिला पतंजलि योग समिती काभ्रेका अध्यक्ष ईन्दिरा तौजलेले गर्नु भएको छ । उक्त यौगिक पदयात्रा टोलीलाई नुवाकोट र रसुवा जिल्लाका पतजलि योग समितीका पदाधिकारीहरुले बाजागाजाका साथ भव्य स्वागत गरिएको थियो । उक्त टोलीका सम्पूर्ण सदस्यहरुले हिजो गोसाईकुण्डमा महामन्त्रका साथ होम तथा यज्ञ समेत गरिएको थियो । सो पदयात्राले जन जनमा योग जागरणको अभिवृद्धिहुने विश्वास लिएको छ । स्मरणिय छ । यस भन्दा अगाडी यसैगरी आमायाङ्ग्रीसम्म यौगिक पदयात्रा सम्पन्न भईसकेको सञ्चार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्