बैदेशिक रोजगारमा जानेहरुका लागि उपलब्ध गराएका विभिन्न परामर्श, सेवा तथा परिवारका लागि आवश्यक पर्ने वित्तिय साक्षरता लगायतका कार्यक्रमका बारेमा संचारकर्मीहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सिविकफोरम काभ्रे धुलिखेलले आयोजना गरेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय तथा सरोकारवाला निकायका प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
सामी कार्यक्रमका मुख्य कृयाकलाप सूचना तथा परामर्श, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता र सीपमुलक तालिम रहेका छन् । आप्रवासी कामदार, आप्रवासी श्रोत केन्द्र तथा उपकेन्द्र, संघ सरकारको मन्त्रालय (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय), आप्रवासी सञ्जाल, रोजगार संयोजक, रोजगार सेवा केन्द्र, बैदेशिक रोजगार, स्थानीय तह रहेका छन् । काभ्रेको स्थानीय तहरुमा संचालन भएको सामी कार्यक्रमले सहजता प्रदान गरेको कुरा सिविक फोरम काभ्रेका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले जानकारी दिनुभयो ।
सूचना र परामर्श प्रभावकारी बनाउन बैदेशिक रोजगारीमा जानेहरुका लागि पर्ने कानूनी अड्चन तथा न्यायमा पहुँच पु¥याउन कार्यक्रम प्रभावकारी देखिएको आयोजकको दावी छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिनाले समेत विषय माथि प्रकाश पार्नुभयो । जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवा प्रवाह र सूचनामा सहजीकरण गरेपनि वैदेशिक रोजगारीको लागि परामर्शलिन गोपनीयताको अभाव भएको सञ्चारकर्मीले सुझाव दिएका थिए । बैदेशिक रोजगारमा गएका काभ्रे जिल्लाका ९ हजार ८ सय २३ चालु आर्थिक वर्षको २०८१ चैत्र सम्ममा मध्ये १४ जनाले भने ज्यान गुमाएका छन् ।
अघिल्लो आर्थिक वर्ष १३ जनाले ज्यान गुमाएका थिए । उनिहरुका लागि क्षतिपुर्ति, ठगिएकाहरुका लागि न्याय र सम्झौता अनुसार काम नपाएकाहरुका लागि कामको ब्यवस्थापन तथा अन्य विषयमा भएका गतिविधिहरुका बारेमा जानकारी गराईएको थियो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेका सभापतित्वमा सम्पन्न कार्यक्रममा धुलिखेख नगरपालिका सामाजिक विकास साखा प्रमुख विदुर गौतमले प्रस्तुत गर्नुभएको थियो ।
