IMG-LOGO

पशु सेवा, कृषि बिकास कार्यालय र वागवानी केन्द्रको समिक्षा

 मंगल, जेठ १४, २०८२  – हरिनाथ न्यौपाने

        चालु आ.ब २०८१÷२०८२ को तेश्रो त्रैमासिक अवधिसम्मको प्रगति समिक्षा तथा आगामी आर्थिक वर्ष २०८२÷२०८३ का लागि प्रस्तावित योजना सम्वन्धी अन्र्तक्रिया कार्यक्रम गत मङलबार धुलिखेलमा सम्पन्न भएको छ । पशु सेवा कार्यालय, कृषि विकास कार्यालय र वागवानी विकास केन्द्रको संयुक्त आयोजनामा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पशु सेवा कार्यालय काभ्रेकी प्रमुख डा.सिर्जा वाग्लेले पशुपंक्षी तथा मत्स्य उपचारमा प्रयोग हुने औषधी खरिद, पशुपंक्षी तथा मत्स्य उद्यमशिलता विकास, पशुपंक्षी रोग सर्भिलेन्स तथा नमुना संकलन र परीक्षण लगायतका कार्यक्रम सम्पन्न भएको जानकारी दिदै विगतमा भएका कार्यक्रमहरुको निरन्तरता तथा पशुपंक्षीपालन सम्वन्धी सीप विकास तालिमहरु आगामी वर्षका लागि प्रस्ताव गरिएको बताउनुभयो । स्थानीय तहमा रहेका पशु सेवा शाखाहरुले निरन्तर पशुपंषी रोग सर्भिलेन्स, संक्रामक तथा आकस्मिक रोग नियन्त्रणका लागि आवश्यक वजेट विनियोजन, खोप कार्य र नियमित रिपोर्टहरु उपलब्ध गराउने र प्रर्वद्धनात्मक कार्यक्रमहरुमा दोहोरापना हुन नदिन सचेत रहनुपर्ने डा. वाग्लेको भनाइ रहेको छ । त्यस्तै कृषि बिकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम, साना सिंचाई कार्यक्रम, ब्यवसायीक तरकारी खेती प्रवृद्धन कार्यक्रम, मसिना धानबाली प्रर्वद्धन कार्यक्रम, चैते धानबाली प्रर्वद्धन कार्यक्रम, खाद्यान्न बाली प्रर्वद्धन कार्यक्रम, लसुन प्यास प्रर्वद्धन कार्यक्रम, मौरी प्रर्वद्धन, संरक्षित संरचनामा गोलभेडा खेती प्रर्वद्धन, मागमा आधारित जिविकोपार्जन सहयोग कार्यक्रम, कृषि उद्यमशिलता विकास, यान्त्रीकरण तथा प्रविधि प्रर्वद्धन सहयोग कार्यक्रम, कफि प्रर्वद्धन कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वन भएको जानकारी दिनुभयो । कार्यालय प्रमुखका अनुसार आगामी आर्थिक वर्षका लागि कफि खेति, युवा लक्षित कार्यक्रम, साना सिंचाई, कृषिका लागि नविनतम प्रविधि, संरक्षित संरचनामा तरकारी खेति, कृषि बजार तथा पूर्वाधार विकास, कृषि ऋणको सहज उपलब्धता सुनिश्चित, जैविक विविधता संरक्षण, च्याउ खेती, रैथाने बाली सम्वन्धी कार्यक्रम प्रस्ताव गरिएको छ । यसैगरी बागवानी विकास केन्द्र पाँचखालका प्रमुख विष्णु बोगटीले पनि चालु आर्थिक वर्षको प्रगती विवरण र आगामी आर्थिक वर्षको योजना प्रस्तुत गर्नुभएको थियोे । बागवानी बिकास केन्द्रका प्रमुख बोगटीका अनुसार चालू आ.ब मा ४१ लाख २० हजार राजस्व संकलन गरिएको छ । १५२ रोपनी जग्गामा कार्यालयले विभिन्न बाली, फलफूल तथा तरकारीको बीउ उत्पादन गर्दै बितरण गरिरहेको छ । कार्यक्रममा जिल्ला स्थित १३ वटै पालिकाका जनप्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, पालिका स्तरमा कार्यरत कृषि तथा पशु सेवा शाखाका कर्मचारीहरु, पत्रकारहरु, कृषक समुह, सहकारीका सरोकारवाला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्