IMG-LOGO

धुलिखेल, खावा, कल्छे सडक–खण्ड पिचको तयारी

 मंगल, जेठ १४, २०८२  --

        धुलिखेल –८ खावा ठुलिटार कल्छे सडकको बडालगाउँ खण्ड कालोपत्रे निर्माण कार्य अघि बढेको छ  । १ कि.मि १ सय ५५ मिटर सडक १ करोड ६६ लाख २१ हजार ६० लागतमा कालोपत्रे  हुनेछ । छाया श्वरी÷आर.पि. जे.भीले ठेक्का सम्झौता गरेको हो । निर्माण व्यवसायि रविन गौतमले आगामी जेष्ठ मसान्तसम्म निर्माण सप्पन्न हुने बताउनुभयो । इन्जिनियर राजन न्यौपानेले सडक पिच ४० एम एम हुने जानकारी दिनुभयो । नगर प्रमुख ब्यान्जुले पुर्बाधार बिकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र खानेपानीको दिगो बिकास लक्ष्य प्राप्तिको लागि कार्य गरिएको  बताउनुभयो । यस वडामा धार्मिक प्रतिष्ठान, आणविक अनुसन्धान केन्द्र र फिल्मी सिटी निर्माण कार्यको लागि  योजना अघि बढेको नगर प्रमुखअशोक ब्यान्जुले उल्लेख गर्नुभयो । वडा अध्यक्ष बिनोद गौतमले तत्काल पिचको कार्य अघि बढने बताउनु भयो । गत वर्ष धुलिखेल–८, खावादेखि १ किमी सडक पिच भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्