श्रीजन चेतना युवा समुह धुलिखेल – ८ बडाल गाउँले आफ्नो ३१ औ स्थापना दिवसको अवसरमा २०८२ जेठ ६ गते सामुदायिक विद्यालयमा अध्ययनरत छात्र छात्रालाई छात्रवृत्ति प्रदान ग¥यो । उक्त वडामा अवस्थित श्री विनायक बाल आधारभुत विद्यालयका जेहेन्दार विद्यार्थी कक्षा –८ कि छात्रा यसोदा के. सी. र कक्षा–५ का छात्र सबिन गौतम त्यस्तै गरि श्रीसरस्वती माविमा कक्षा–९ मा अध्ययनरत छात्र शक्ति वर्देवा र कक्षा–७ कि छात्रा श्री तामाङलाई शैक्षिक समाग्री प्रदान गरिएको हो।सस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाक अध्यक्ष उद्धब प्रसाद बडाल र पुर्ब अध्यक्ष साधुराम बडालको आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष न्यौपानेले जनचेतनामुलक कार्यक्रम, सांस्कृतिक सम्पदाको सम्रक्षण, सामाजिक कार्य निरन्तर गर्दै आएको बताउनुभयो । शैक्षिक स्तरीयता वृद्धिका लागि हरेक वर्ष संस्थाले जेहन्दार विद्यार्थीहरुलाईदिदै आएको छात्रवृत्ति थप प्रभावकारी ढंगले प्रदान गर्नेकुरा संस्थाको सचिव नवराज बडालले बताउनु भयो ।
