जेठ १ गते अन्दाजी ०१ः२० बजेको समयमा बनेपा न.पा. ४ आगल बस्ने रामेश्वर दाहालको इट्टाको वाल भएको, जस्ताको छानो भएको २ तल्ले कच्चि घरमा बिजुलीको करेन्ट सर्ट भइ आगोलागी भएको छ । स्थानीयहरुबाट खबर प्राप्त हुनासाथ प्रहरी र स्थानियको सहयोगमा उक्त आगो तत्काल पुर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी धुलिखेल काभ्रेले जनाएको छ । आगोलागीबाट उक्त घरभित्र रहेको अन्नपात, भाँडाकुडा, लत्ताकपडा र घर समेत पुर्ण रुपमा जली क्षेति हुँदा अन्दाजी रु १२,००,०००।– (बाह्र लाख रुपैया) बराबरको क्षेति भएको, मानवीय तथा चौपाय क्षेति नभएको प्रहरीले जनाएको छ ।
