बनेपा न.पा.४ स्थित शेरा नालामा चामुण्डा देवी योग साधनाको तेश्रो वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित ३ दिने निशुल्क योग विज्ञान शिविरको बागमती प्रदेश सभा सदस्य कंचन चन्द्र बादेले उद्घाटन गर्नु भयो ।
उक्त अवसरमा प्रमुख अतिथि बादेले काभ्रेमा योग जागरणको लागी पतंजलि योग समितीले स¥हानिय र उत्कृष्ट कार्य गर्दै आईरहेको बतााउनु भयो । उक्त शिविरमा पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेको प्रमुख प्रशिक्षणमा ३ दिन सम्म विभिन्न रोग विषेशको योग अभ्यासहरु गराउनु भएको थियो ।
३ दिन शिविर पश्चात् आयोजित चामुण्डा देवी योग साधना केन्द्रको वार्षिक उत्सवको पतंजली योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले पानसमा दिप प्रज्वलित गरि उद्घाटन गर्नु भयो । सो अवसरमा प्रमुख अतिथी तौजलेले दैनिक योगले शरिर स्वस्थ हुनुको साथै योग गर्ने व्यक्तीलाई समाजले पनी सम्मान दिने भएको हुनाले सबै महानुभावहरु योग अभ्यासमा समावेसहुन आह्वान गर्नु भयो र जन जनमा योग पु¥याउन पतंजलि समिती लागी परेको बताउनु भयो ।
वार्षिक उत्सवको उद्घाटन कार्यक्रमको सभापतित्व उक्त केन्द्रका संयोजक सहदेव श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बनेपा नगरपालिका वडा नं. १० काभ्रेका अध्यक्ष प्रकाश कायष्ठ, महिला समितीका अध्यक्ष ईन्दिरा तौजले, युवा समितीका अध्यक्ष रमेश श्रेष्ठ, चामुण्डा योग साधना केन्द्रका सल्लाहकार गौतम श्रेष्ठले मन्तव्य राख्नु भएको थियो । चामुण्डा योग साधना केन्द्रका सल्लाहकार निर्मला श्रेष्ठले उद्घोषण गर्नु भएको कार्यक्रममा योग साधक साधिकाहरुले योग अभ्यास प्रस्तुत गर्नुको साथसाथै विभिन्न नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।
