IMG-LOGO

भालेश्वर माविको ६८ औं वार्षिकोत्सव

 शुक्र, जेठ १०, २०८२  --

      पनौतीरभालेश्वर माध्यमिक विद्यालय पनौतीले स्थापनाको ६८ औं वार्षिकोत्सव बागमती प्रदेश सरकारका भैतिक पूर्वधार मन्त्री अमनकुमार मास्केको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । समितिका अध्यक्ष राजेन्द« केसीको सभापतित्व रहेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि मास्केले सर्वोकृष्ट शिक्षकहरु जनही ५ हजार नगतसहित दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । सम्मनित हुनेहरुमा रामचन्द« तिमल्सिना, सुदीप कँुवार, लक्ष्मी थापा, अञ्ञली रजक र कर्मचारी सजनी थापा ९लेखा समूह० हुन् भने गंगा महत पूरै दिन विद्यालयमा हाजिर भई प्रशंसा(पत्र, दोसल्ला र नगद सहित सम्मान गरिएको थियो ।सोही अवसरमा विद्यार्थिहरुलाई लीला(मध्यमार्ग अक्षयकोष, तुलसा स्मृति कोष छात्रवृत्ति, गंगाकुमारी छात्रवृत्ति कोषबाट छात्रवृती प्रदान समोत गरेको थियो ।

      विद्यालयका प्रद्यानाध्यापक रामचन्द« थापाले विद्यालयको वार्षिक प्रतिवेदन र शैक्षिक अवस्थाको बारेमा जानकारी दिनु भयो । गुणस्तरीय, व्यवहारीक शिक्षा र विद्यार्थीहरुलाई आत्मनिर्भर हुने खालको शिक्षा उपलब्ध गराउन श्रोतको आवश्यकता रहेको थापाले बताउनुभयो । ३२ जना जनशक्लिाई राज्यको तर्फबाट सेवा सुविधा उपलब्ध गराए पनि ३१ जना शिक्षक कर्मचारीहरुलाई निजी श्रोतबाट पारिश्रमीक उपलब्ध गराउनु पर्ने बाध्यता रहेको उहाँले बताउनु भयो । विद्यालय बस संचालन, छात्राबासका लागि आवश्यक कार्य गरिएको बताउनु भयो । सहायक प्रद्यानाध्यपक हरी तिमल्सिनाले सञ्चालन गरेको कार्यक्रममा बाल क्लवका अध्यक्ष विद्यार्थी सगर्व न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । प्राविधिक घर सहितको कक्षा १२ सम्ममा करिब एक हजार एक सय विद्यार्थीहरु अध्यनरत छन् ।

      कार्यक्रममा प्रदेश सभा सदस्य रत्न ढकाल, पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जार, संविधान सभा सदस्य रामहरि सुवेदी, पनौती नगरपालिकाका निर्देशक प्रणराज न्यौपाने, वडा अध्यक्षद्धय वेदप्रसाद बञ्जारा र विपिन लामा, मल्पी इन्टरनेशनल स्कुलका पूर्व प्रिन्सिपल ज्योतिमान शेरचन, नेपाल शिक्षक संगठनका अध्यक्ष भिमसेन हुमागाईँ लगाएतको आतिथ्यता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्