मदन आश्रीत स्मृतीमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर कमिटी अध्यक्ष विष्णु धितालको अध्यक्षता रहेको थियो । धुलिखेल ११ मा रहेको जननेता मदन भण्डारीको शालिकमा माल्यार्पण प्रमुख अतिथि व्याञ्जुले गर्नुभयो । त्यस्तैगरी नेकपा एमाले नमोबुद्ध नगर कमिटीकार्यालयमा राखिएको जननेता मदन भण्डारी र जिवराज आश्रीतको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जली ब्यक्त गरिएको थियो । नगर कमिटी अध्यक्ष गणेश मोक्तान लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले नेताहरु उद्धव हुमागाई, टिपी शर्मा तिमल्सिना, कृष्णप्रसाद खनाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
मदन–आश्रीत स्मृतिमा युवाहरु एमाले प्रवेश
मदन–आश्रितस्मृतिमा दिन धुलिखेल नगरपालिका वडा नम्वर १० र ११ का युवाहरु विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् । युवा नेता सौरभ लामाको नेतृत्वमा बुद्ध तामाङ र कुन्साङ तामाङ,धुलिखेल ११ बाटसुरेश तामाङ नेकपा (एमाले) मा प्रवेश गरेका हुन् ।
