IMG-LOGO

बनेपा – १०, बाहुन डाँडामा बन्ने भो चलचित्र छायङ्कन स्टुडियो

 शुक्र, जेठ १०, २०८२  --

      बनेपा – १० बाहुनडाडा, थापागाउँमा चलचित्र छायङ्कन स्टुडियो बन्ने भएको छ । गत बैशाख ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र छायङ्कन स्टुडियो निर्माणका लागि घोषणा आरम्भ गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले चलचित्र छायङ्कन स्टुडीयो निर्माणले त्यसको व्यवसायिक विकासका साथै कलाकारीता क्षेत्रको गरीमा उच्च रहने बताउनुभयो । पूर्व मन्त्री एवं संघीय सांसद गोकुल बास्कोटाले नेकपा एमालेको नेतृत्वमा सरकारले विकासमा नयाँ आयम थप्दै गएको बताउनुभयो । जो जसले सरापुन सराप्दै गर्छन् हामी विकास र समृद्धिको यात्रालाई पुरागर्दै जान्छौं पूर्वमन्त्री बास्कोटाले भन्नुभयो । बनेपा वडा नं. १० का अध्यक्ष चन्द्रबहादुर खड्काले फिल्म सिटी निर्माणको लागि बजेट सुनिश्चित भइसकेको १० करोडमा ८० दिन अघि टेण्डर आव्हान भएको बताउनुभयो । चलचित्र बिकास बोडका अध्यक्ष दिनेश डिसींले छायकंन स्टुडियो इन्डोर साढे ६ करोडमा निर्माण प्रक्रिया अघि बढेको बताउनुभयो । त्यसैगरी छायंकन स्टुडियोको आउडोर धुलिखेल–८ कटुवा पाखा परिसर भित्र बन्ने बताउनुभयो ।

      करिब बयालिस रोपनी क्षेत्रफल जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल बन्ने छ । प्रधानमन्त्री निवास, बालुवाटारमा गत बैशाख ३० गते चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा सञ्चार तथा सूचना प्राविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, पुर्ब मन्त्री एबं संघीय साम्सद गोकुल बास्कोटा, बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकारहरु र सरोकारवालाको उपस्थिति रहेकोे थियोे ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्