IMG-LOGO

युवा पिंढीलाई ज्ञान, सिप र अनुभव अन्तरपुस्ता हस्तान्तरण

 शुक्र, जेठ १०, २०८२    रमेशप्रसाद न्यौपाने÷हरिनाथ न्यौपाने

 

      जेष्ठ नागरिकहरुको ज्ञान, सिप र अनुभव अन्तर पुस्ता हस्तान्तरण अन्तर्गत ४ दिने तालिम बनेपा र पनौतीमा आईतवार सम्पन्न भएको छ । बागमति प्रदेश जेष्ठ नागरिक संघको आयोजनामा सृजनशिल महिला जागरण अभियान बनेपा र उद्यम विकास साकोस पनौतीको हलमा उक्त तालिम सम्पन्न भएको हो । टपरी, धुप, कपासको वत्ति बनाउने तालिमको अन्तिम दिन जेष्ठ नागरिकहरुको सिप अनुभव आदान प्रदान गरिएको थियो । परम्परागत सिप र अनुभव पुस्तान्तरणका लागि तालिम निकै फलदायी हुने बागमति प्रदेश जेष्ठ नागरिक संद्यका अध्यक्ष देवि प्रसाद देवकोटाले जानकारि दिनुभयो । प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएको तिन लाख बजेटले बनेपा र पनौतीमा तालिम गरिएको काभ्रे जिल्ला जेष्ठ नागरिक संघका अध्यक्ष सिद्धि वहादुर कर्माचार्यले जानकारी दिनुभयो । महिला आधारशिला साकोस बनेपाको अध्यक्ष कमला कायस्थले संस्थाले उद्यमसिलताको विकास र सिप ज्ञान र अनुभव युवा पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने बताउनुभयो । सचिव ज्ञानु दाहालले संस्थाले महिलाको नेतृत्व विकास, उद्यमसिलताका तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । उद्यम विकास साकोस पनौतीमा आयोजित समापन कार्यक्रममा पनौती नगरका संस्थापक नगर प्रमुख सप्तकाजि वुद्धाचार्य, वडा नं. ७ का अध्यक्ष सविम ताम्राकार, लगायत जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो । रमेश काजि श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रममा उद्यम विकास साकोसकी उपाध्यक्ष सविता थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रशिक्षकहरु शोभा थापा (नकर्मी), यमुना कायस्थ र रुपा खतिवडाले प्रशिक्षण दिनुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्