IMG-LOGO

कुलोले बगाउँदा एक महिला बेपत्ता

 मंगल, बैशाख ३०, २०८२  --

     पनौतीमा कुलोले बगाउँदा एक जना महिला बेपत्ता भएकी छन् । हिजो अपराह्न साढे ४ बजेतिर पनौती नगरपालिका–५ स्थित सुब्बा गाउँमा कुलोले बगाएर एक जना महिला बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहले जानकारी दिनुभयो । प्रहरीका अनुसार सोही ठाउँ बस्ने अन्दाजी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी हुन् । पनौती÷बनेपा क्षेत्रमा हिजो अपराह्नमा भीषण वर्षा भएको थियो । वर्षाकै क्रममा कुलो तर्नेक्रममा ती महिला बेपत्ता भएको एसपी शाहले बताउनुभयो । अहिले प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी गरिरहेको छ । पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले हिजोको वर्षातपछि रोशी खोलामा पुनः बाढी आएको बताए । गत असोजको बाढीपछि अस्थायी रूपमा ल्याएको खानेपानीका पाइप बगाएको छ भने प्रदेश सरकारको बजेटबाट बन्दै गरेका दुई वटा पुलमा क्षति पु¥याएको छ । ‘वडा नम्बर ९ मा बन्दै गरेको एउटा र १० र ११ नम्बर वडाको सिमानामा बनेको अर्को पुलमा क्षति पु¥याएको छ । एउटा पुलको त आज फर्मा ठोकेर ढलानकार्य हुँदैथियो,’ उनले भने । गत असोजको बाढीपछि बनाएको तीन किलोमिटर अस्थायी बाटो पनि बगाएको नगर प्रमुख भण्डारीले बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्