१० महिने बालिका श्रीनेहा बर्देवाको कलेजो प्रत्यारोपण गर्नका लागि समाजसेवीद्धय केदारप्रसाद न्यौपाने र सिताराम शिवाकोटीको पहलमा २ लाख ३१ हजार ६ सय ९८ रुपैया आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरेको छ । जन्मेको केही महिनामै कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको तर निम्न आर्थिक अवस्थाका कारण गर्न नसकिरहेको थाहा पाएपछि समाजसेवीद्धय न्यौपाने र शिवाकोटीको विशेष पहलमा कान्ति बाल अस्पतालमा उपचाररत बालिकाका आमाबुवालाई आर्थिक सहयोग प्रदान गरिएको हो ।
लायन्स इन्टरनेशनल ३२५ आई नेपालको इलेक्ट डिष्ट्रिक गर्भनर लायन पार्वती खरेल पाण्डे, इलेक्ट डिष्ट्रिक कोर्डिनेटर केदार प्रसाद न्यौपाने, लायन्स क्लव अफ काठमाडौं परोपकारका अध्यक्ष नवराज पाण्डे लगायत विभिन्न लायन्समा आवद्ध समाजसेवी व्यक्तित्वहरु अस्पतालमै गई आर्थिक सहयोग हस्तान्तरण गरेका गरेका थिए । सहयोग गर्नका लागि सिधैं आफूलाई ९८५१००९८७६ मा फोन गरेर सम्पर्क गर्न समेत उनको आग्रह छ । साथै संकलित रकम पाददर्शी तरिकाले बिरामी बालिकाको बुवाआमालाई प्रदान गरिने बताउनु भयो ।
विगत २ दशक देखि निरन्तर रक्तदानको क्षेत्रमा योगदान पु¥यउँदै आएका न्यौपाने सामाजिक कार्यमा सक्रियताका साथ लागिरहनु भएको छ । नेपालमा मात्रै नभएर आवश्यक परेको खण्डमा विदेशमा समेत रगत परिपूर्ति गर्दै आएका उनले थुर्पै मानिसहरुको ज्यान जोगाउन सफल भइसकेका छन् । केही समय अघिमात्र गुल्मीका जन्मजात मलद्धार नभएका बालक आशिक विश्वकर्माको पुर्ण शल्यक्रिया गराउन महत्वपुर्ण भुमिका निभाउनु भएको थियो । अहिले कलेजो प्रत्यारोपण गर्नुपर्ने बालिकाको पुर्ण उपचार गराइदिनका लागि आर्थिक सहयोग संकलन गरिरहेका जनाएको छ ।
