IMG-LOGO

नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

 मंगल, बैशाख ३०, २०८२  --

 

     “शिक्षा विद्यार्थीको लागि, विद्यार्थी देशको लागि’’ भन्ने मूल नारालाई आत्मसात गर्दै अघि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, बनेपाले २०८२ बैशाख २६ गते शुक्रबार विद्यालय तहमा नवआगन्तुक विद्यार्थीहरुको स्वागतार्थ कार्यक्रमको आयोजना ग¥यो । कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना भएका नयाँ विद्यार्थीहरुलाई लक्षित गरी गरिएको यो स्वागत समारोह भव्य र शैक्षिक दृष्टिले समर्पित रहेको थियो ।

     विद्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुको शैक्षिक यात्रा प्रारम्भसँगै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको समुचित सन्तुलनलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ । कार्यक्रमले विद्यार्थीहरुमा आत्मविश्वास, नेतृत्व क्षमता तथा अतिरिक्त क्रियाकलापप्रतिको रुचिलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको थियो ।

     कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका सञ्चालक सदस्य एवं प्रबन्ध निर्देशक प्रताप वैद्यको सभापतित्वमा सम्पन्न भएको थियो । निर्देशक वैद्यले स्वागत मन्तव्य दिँदै विद्यार्थीहरुको उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले शैक्षिक गुणस्तरका साथै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको प्रयोगात्मक पक्षलाई समेत विशेष जोड दिँदै विद्यार्थीलाई समग्र व्यक्तित्व विकासको दिशामा अघि बढाउन मद्दत पुग्ने बताउनुभयो ।

     कार्यक्रममा सहायक प्रिन्सिपल नवराज चौलागाइले बोल्दै ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान विगत वर्षदेखि नै अभिभावकमाझ लोकप्रिय बन्दै गएको उल्लेख गरे । उनले विद्यालयले आधुनिक शिक्षण विधि, डिजिटल शिक्षण–सामग्रीको प्रयोग तथा अनुभवी शिक्षकहरूको सहकार्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको धारणा राख्नुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्