बनेपा÷ चैतन्य बहुमुखी क्याम्पसले प्रस्तावित शैक्षिक कार्यक्रमका बारेमा अन्तरक्रिया ग¥यो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डाक्टर मदनकाजी मानन्धरको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कन्चनचन्द्र बादेको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । शिक्षाशास्त्र तथा व्यवस्थापन संकाय संचालन गरिरहेको उक्त क्याम्पसले परम्परागत विषयहरुलाई क्रमश बजारको माग अनुसार बिबिए, बिआईटी र एलएलबि समेतका विषयहरु थप गरी सञ्चालन गर्ने गरी बागमती प्रदेश विश्व विद्यालयको आङ्गिक क्याम्पसको रुपमा सञ्चालन गर्न आवेदन दिएको अन्तरक्रिया कार्यक्रममा बताइएको थियो ।
त्रि.विको सम्बन्धनमा शिक्षा तथा व्यवस्थापन विषयहरु सहित सामुदायिक क्याम्पसको रुपमा सञ्चालन हुँदै आएको उक्त क्याम्पसले नयाँ बिषयमा विद्यार्थी भर्ना गर्न प्रदेश सरकारसँग अनुमति मागेको हो । क्याम्पस प्रमुख जुजुभाइ मानन्धरले प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा समायोजन हुन तथा प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा संचालन गर्ने उदेश्य, आगामी योजना तथा शैक्षिक कार्यक्रमका बारेमा जानकारी दिनुभयो ।
कार्यक्रममा अध्ययनरत विद्यार्थी स्ववियू सभापति राजु लामा, पूर्व विद्यार्थी चैतन्य एल्मुनाई एसोसिएसनका सभापति यश कुमार रञ्जित, उप प्राध्यापक राजेशराज महत, आजाद माबीका प्रधानाध्यापक श्यामकृष्ण मानन्धर, शिक्षा सदन माविका प्रअ लक्षमण दाहाल, स्वेत बाराहा माबीका प्रअ डाक्टर श्यामसुन्दर शाह, बनेपा नगरपालिका वडा ८ अध्यक्ष शुभलक्ष्मी मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, पूर्व बागमती प्रदेश सचिव (पूर्व प्राध्यापक) डा. चन्द्रप्रसाद लुइटेल, क्याम्पस सभा सदस्य काभ्रे सेवा समाजका पूर्व अध्यक्ष प्रल्हाद के।सी, पूर्व परीक्षा नियन्त्रक (त्रि.वि) दयामान कर्माचार्य, क्याम्पस सञ्चालक संस्थापक सदस्य राजभाइ मानन्धर, पूर्व नगर प्रमुख लक्ष्मी नरसिंह बादे लगायतले राय सुझाव दिनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कञ्चनचन्द्र बादेले शैक्षिक क्षेत्रको विकासमा चैतन्य क्याम्पसले महत्वपूर्ण भूमिका खेलेको बताउँदै समय सापक्षा वैज्ञानिक विश्व बजारमा विक्ने शिक्षा प्रदान गर्ने नयाँ ढङ्गले लाग्नुपर्ने र आपूmले सक्दो प्रयास गर्ने बताउनु भयो । अध्यक्ष डा.मदनकाजी मानन्धरको सभापतित्वमा सम्पन्न भयो । उक्त क्याम्पस विगत ३३ वर्ष देखि सञ्चालन भएको हो ।
