वल्र्डलिंक टेक्निकल ट्रेनिङ इन्ष्टिच्युट र युनाईटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रालीको आयोजनामा बैदेशिक रोजगार बोर्डको आर्थिक सहयोगमा जुनियर व्यूटिसियन र किचन हेल्परको निःशुल्क तालिमको उद्घाटन बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले गर्नुभयो । प्र्रमुख अतिथि शाक्यले ट्रेनिङ इन्स्टिच्यूटले जिल्लाका नागरिकलाई सिपविकासको तालिम दिइएर राम्रो काम गरेको बताउनुभयो । बनेपा नगरपालिकाले युवा स्वरोजगार, महिलाको नेतृत्व विकास, उद्यम सिलताको विकासमा नगरपालिकाले कार्य गर्दै आएको नगर प्रमुख शाक्यले बताउनु भयो । उपप्रमुख विमला सापकोटाले तालिममा सिकेको विषय बस्तु व्यवहारमा उतार्न सक्नुपर्ने बताउनु भयो ।
प्रशिक्षकद्धय रुस्का बैद्य र रामेश्वरी मानन्धरले सहभागिहरुलाई निरन्तर तालिम लिई सक्षम बनेर आय आर्जन गर्न लाग्नुपर्ने धारणा राख्नुभयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमिल्सना, काभ्रे टाईम्सका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने, बनेपा नगरपालिका रोजगार संयोजक शान्ता कुँवर, संस्थाकी मञ्जु शाह लगायतले तालिमलाई ब्यवसायीक बनाउन र आत्मनिर्भर बन्ने माग पहिल्याउनु पर्ने जनाउनुभयो । तालिममा एक महिना अर्थात १ सय ८० घण्टा सीप र १५ घण्टा उद्यमशिलताका बारेमा सिकाईने बताइयो । तालिम व्यवस्थापक अर्जुन सापकोटाले हाल सम्म १५ हजार जतिलाई सिपमुलक तालिम दिएको बताउनु भयो । छनौट भएका ८० जनालाई तालिम दिइएको छ ।
