चन्डेश्वरी जात्राको अवसरमा राष्ट्रिय नृत्य तथा सांस्कृतिक संरक्षण प्रतिस्ठान र बनेपा कला परिषद्को संयुक्त आयोजनामा शनिबार भएको धिमे नाच प्रस्तुति, जहाँ लोप हुँदै गएको गणेश नाच र अष्टमातृका नाच प्रस्तुत गरिएको थियोे । नृत्य निर्देशक मोहन तौजले गायक रबिन्सन श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियोे ।बनेपा नगर उपप्रमुख बिमला सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ट साहित्यकार मोहन दुवाल, मानव अधिकार कर्मी राजु सरकार नेपाल पत्रकार महासंघ काभ्रेका पुर्ब अध्यक्ष मोतीराम तिमल्सिना, सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति काभ्रे संयोजक रमेशप्रसाद न्यौपाने, युवा व्यावसायी शेष नारायण श्रेष्ठ, संचारकर्मीहरु स्थानीय बुद्धिजीवी, युवा पिढिंको सभागिता रहेको थियो । करिब २०० सयको महिला समुदायलाई उक्त जात्रामा प्रस्तुत हुने लोप हुने परिस्थितिमा पुगेको गणेश नाच अस्ठमातृका नाचको प्रस्तुति गरेको थियो । उक्त प्रस्तुतीमा केयू हाइस्कुल चौकोट, प्रगती प्रभात मावि बनेपाका छात्रहरुले समेत नृत्यमा भाग लिएका थिए । नृत्य सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
