IMG-LOGO

धुलिखेल नगरपालिकाबाट योग भवन बनेपालाई सहयोग

 मंगल, बैशाख २३, २०८२  --

    पतंजलि योग समिती काभ्रे बनेपामा प्रत्येक दिन संचालन हुने दैनिक योग अभ्यास कार्यलाई सहज हुने गरी धुलिखेल नगरपालिकाबाट साउण्ड सिस्टम सेट सहयोग उपलब्ध गराएको छ । उक्त सामाग्री धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठबाट पतंजलि योग समिती बागमती प्रदश प्रमुख ग्रोबेन तौजले र पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकास कायष्ठलाई हस्तान्तरण गरियो । उक्त अवसरमा मेयर व्याञ्जुले पतंजलि योग समिती काभ्रेले प्रत्येक व्यक्तीलाई शाररिक, मानसिक र सामाजिक स्वस्थतालाई सकारात्मक कार्य गर्दै आएको र निकत भविष्यमा नै धुलिखेल नगरलाई योगमय नगर बनाउन पतंजलि योग समिती काभ्रेबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रुवेन तौजलेले स्वस्थ समाज निर्माणको लागि दैनिक योग अभ्यास आवश्यक रहेको र यस कार्यमा धुलिखेल नगरपालिकाले विभिन्न समयमा सहयोग गरेकोले आभार प्रकट गर्नु भयो । सो कार्यक्रममा महिला पतंजलि योग समितीका अध्यक्ष ईन्दिरा तौजले, नि.व.अध्यक्षद्धय अनु श्रेष्ठ, हरिशरण श्रेष्ठ, प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, सल्लाहकार सरिता शाक्य, धुलिखेल न. पा. वडा नं ३ का वडाध्यक्ष गणेश आचार्य, धुलिखेल नगरपालिकाका कर्मचारीहरु पतंजलि योग समिती महिला समिती, युवा समितीका पदाधिकारी र सदस्यहरुको उपस्थितीमा पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्ठको सभापतित्व र महामन्त्री श्याम कुमार श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।

    यसै बिच पतंजलि योग समिती काभ्रे, महिला पतंजलि योग समिती काभ्रे तथा युवा नेपाल काभ्रेको आयोजना तथा पनौती न.पा. वडा नं २ कुशादेवी योग साधना केन्द्र र पनौती नगर समितीको समन्वय एवं व्यवस्थापनमा २०८२ बैशाख १५–१९ गतेसम्म संचालन भएको निःशुल्क योग विज्ञान शिविर एक समारोह बीच समापन भएको छ ।  महिला पतंजलि योग समिती काभ्रेका अध्यक्ष इन्दिरा तौजलेको सभापतित्वमा भएको उक्त कार्यक्रममा पतंजलि योग समिती नेपाल बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले योग शिविरबाट कुशादेवी क्षेत्रमा योग जागरण भई आफ्नो स्वास्थ्यको लागी दैनिक योग गर्नेको संख्या बद्ढै जाने विश्वास व्यक्त गर्नु भयो ।

    स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै पनौती न.पा. वडाका अध्यक्ष तथा कार्यक्रमका संयोजक पुरुषेत्तम अधिकारीले दैनिक रुपमा योग गर्न स्वास्थ्यको लागि अति आवश्यक रहेको र यसलाई निरन्तरता दिन पनौती न.पा. वडा नं २ बाट सहयोग गर्दै जाने बताउनु भयो ।

    उक्त कार्यक्रममा ५ दिन सम्म योग शिविर संचालन गरिदिनुभएकोमा धन्यवादका साथै बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेलाई कदर पत्र प्रदान गरि सम्मान गर्नु भएको थियो भने जिल्लाका पदाधिकारीहरुलाई खादा मालाबाट सम्मान गरिएको थियो । साथै योग शिविरमा आ–आफ्नो सर सहयोग गर्नु हुने विभिन्न महानुभावहरुलाई बागमती प्रदेश प्रमुखबाट सम्मान गरिएको थियो । सोहि अवसरमा पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्ठबाट कुशादेवी योग साधना केन्द्रको व्यवस्थापनको लागी गठित समितीको घोषणा गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्