IMG-LOGO

सुनकोसीद्वारा बेलवासेको कविता कृति “चोटहरुको उत्सव” लोकार्पित

 मंगल, बैशाख २३, २०८२  --

    काठमाडौं । कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेको कविता कृति “चोटहरुको उत्सव” लोकार्पित भएको छ । राजधानीमा शुक्रबार आयोजित एक समारोह बिच उक्त कृतिको बरिष्ठ कवि तुलसी दिवस, साहित्यकार एवं राजनीतिज्ञ शान्ता मानवी, गायिका आनी छोइङ डोल्मा लगायतले लोकार्पण गरे ।

    सुनकोसी वाङ्मय प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा आफ्नो विचार राख्दै कवि दिवसले भने–“चोटहरुले नै मान्छेलाई साँचो अर्थमा मान्छे बनाउँछ । चोट पाएपछि मान्छे मान्छे भएको इतिहास छ । आँसु चुहुन पनि हाँसो भन्दा महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ । दुनियाँमा कवि लेखकहरुले चोट पाएर नै सृजना गरेका हुनु । कवि बेलवासेका कविता त्यस्तै छन् ।”

    चर्चित गायिका आनीले महको स्वाद चाखेको तर महको वयान गर्न नजानेको जस्तो लाग्छ । बेलवासेले देखेका,भोगेका अनुभवहरु संगालेर सुन्दर कविता कोर्न सफल भएका छन् । कविता सुन्दा आनन्द आउँछ । उनले कृतिको लागि बेलवासेलाई बधाई दिइन् ।

    कृतिमाथि टिप्पणी गर्दै राजनीतिक विश्लेषक शंकर तिवारीले प्रेममाथिको मेडियसन मात्र नभएर मेडिटेसन पनि हो । भन्दै उनले अगाडि भने –“अझै बेलवासेका कविता इन्टरभेसन पनि हो । कविता बौद्धिकताले भरिएका छन् । प्रेम दर्शन र भोगाइहरु कवितामा बलशाली बनेर आएका छन् ।”

    स्रष्टा बेलवासेले आफ्ना अनुभूति राख्दै भने– “पैसा कमाउन नसकेपनि साथी र आफन्त कमाएको छु । बाँच्नका लागि चाहिने सम्बन्ध बनाएको छु । उनले अगाडि भने आफुनो चोट र पीडा मात्र नभएर मानवका चोट र पीडाहरुको रुपलाई कविताको रुप दिने प्रयास मात्र गरेको हुँ ।”

    यस अघि सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कवि बेलवासेलाई सम्मान पत्र सहित सम्मान गरेका थिए । कार्यक्रमका सभाध्यक्ष समेत रहेका सिलवालले प्रतिष्ठानको बारेमा संक्षेपमा प्रकाश पारेका थिए । कार्यक्रममा लोकार्पित कृतिका कविताहरु कवि विश्व सिग्देल, मणि लोहनी, सोझो गाउँले, हेम प्रभास, शोभा अधिकारीले बाचन गरे । प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य पूर्णबहादुर श्रेष्ठ हृदयङ्कृतले गरेका थिए ।पुस्तक ।सुनकोसी वाङमय प्रतिस्ठानले प्रकाशित गरेको हो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्