IMG-LOGO

धुलिखेलको पर्यटन क्षेत्रलाई थप आकर्षित गर्ने बारे छलफल

 मंगल, बैशाख २३, २०८२  --

    धुलिखेलको पर्यटन क्षेत्रलाई थप आकर्षित गर्ने बारे छलफल कार्यक्रम आईतवार धुलिखेलमा सम्पन्न भएको छ । पर्यटन बोर्ड र धुलिखेल नगरपालिकाको सहकार्यमा धुलिखेलमा ब्अअभककष्दभि त्यगचष्कm विकास गर्ने सम्बन्धमा उक्त छलफल कार्यक्रम भएको हो । धुलिखेल नगर प्रमुख अशोक ब्यान्जुको अध्यक्षतामा भएको छलफलमा पर्यटन प्रबद्र्धनलाई सुलभ बनाउने विभिन्न प्रस्तावमाथी सहभागीहरुले आ–आफ्नो धारणा राख्नुभयो । आन्तरिक पर्यटन प्रबद्र्धनमा जोड, भट्टेडाँडा क्षेत्रमा हप्ताको एकदिन स्ट्रिट फुड मेला, संस्कृति÷भेषभुषा प्रदर्शन लगायत कुराहरूलाई प्राथमिकता दिईएमा धुलिखेलमा अझै पर्यटक आकर्षित हुनेमा सहभागीहरुले जोड दिएका थिए । कार्यक्रममा नगर उपप्रमुख निराजन जङम, प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मरासिनि, जनप्रतिनिधि, पर्यटन बोर्डका ईन्जिनियर अमित बिष्ट, सरोकारवाला एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्