IMG-LOGO

काभ्रे जिल्लाबाट कक्षा १२ को परीक्षामा ६,९६३ सहभागी

 मंगल, बैशाख २३, २०८२  --

 

 

    कक्षा १२ को परीक्षा आइतबार देखि प्रारम्भ भएको छ । गएको वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा शिक्षकरकर्मचारीलगायतको आन्दोलनका कारण १० दिन सरेको थियो । आइतबार देखि प्रारम्भ भएको परीक्षामा काभ्रेबाट ६ हजार ९ सय ६३ विद्यार्थी सहभागि हुँदैछन् । नियमित तर्फ ४ हजार ९ सय ४० जना छन् । बाँकी २ हजार २३ जना आंशिक तर्फका छन् । ९९ मध्ये शुन्य भन्दा बाहेकका ३० वटा विद्यालयमा २० भन्दा कम विद्यार्थी छन् । जिल्लामा ९९ वटा विद्यालयका लागि २४ वटा परीक्षा केन्द्र काममा गरिएको छ ।

    काभ्रे जिल्लामा सबै भन्दा धेरै विद्यार्थी बनेपाको बेलर स्कुलमा रहेका छन् । नियमित तर्फ ६२५ र आंशिक तर्फ १९ गरी ६४४ जना विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् । बेलर पछि बनेपाको निस्टबाट ४६१ नियमित तर्फका छन् भने आंशिक तर्फका ५ जना छन् । कुल ४६६ जना विद्यार्थी सहभागी हुनेछन् । बेलर स्कुल र निस्ट कलेज बनेपाका लागि दुई वटा केन्द्र कायम गरिएको छ ।

    नेपाल प्रहरी स्कुल साँगामा २८४ विद्यार्थी नियमित तर्फ सहभागिता रहेको छ । नियमित तर्फ १ सय भन्दा धेरै विद्यार्थी भएका स्कुलहरुमा भकुण्डेमा रहेको जनक मावी १६७, ज्ञानकुञ्जमा १४८, सञ्जिवनी धुलिखेल १४०, आर्दश विद्या मन्दिर १२९, चैतन्य क्याम्पमा ११७, गोल्डेन फ्युचर १०९, आजाद मावी बनेपा १०५, भालेश्वर १०१, सर्वमंगलामा १०० रहेका छन् । ५० भन्दा धेरै र एक सय भन्दा कम विद्यार्थी रहेका तेजगंगा क्याम्पस पनौतीमा ९५, प्रगति प्रभात बनेपामा ८९, पार्वती मावी ढुंखर्कमा ८८, गोकुले मावी महाभारतमा ५२, इन्द्रेश्वर मावी पनौतीमा ७०, धुलिखेल क्याम्पसमा ६१, आजाद मावी पाँचखालमा ७०, काभ्रे मावी बनेपामा ५१ जना, मिलिनियम क्याम्पसमा ५०, चैतन्य मावीमा ४९, एसओएस बालग्राम पनौतीमा ४८ जना, हिमालय मावीमा ४४ जना छन् ।

    नियमित तर्फ १० जना भन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा पलाञ्चोक भगवती मावी ७, जनता मावी १०, जनहित मावी ९, चक्रेश्वर मावी ८, आत्मविकाश मावी १०, भुमेस्थान मावी ९, शारदा मावी १०, श्वेतबाराह मावीमा ५ जना रहेका छन् । बाल निकेतन मावीमा ३ जना छन् । राष्ट्रिय परीक्षा बोर्ड सानोठीमीले सम्पूर्ण तयारी पुरा गरी सकेको परीक्षालाई मर्यादिद बनाउन परीक्षा केन्द्रहरुका केन्द्रध्यक्षहरुले महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्