चेतना नेपाल (रेडियो एबिसी) का पुर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका पूर्व सभापति एवं सूचनाको हकका अभियन्ता तारानाथ दाहाललाई “विनय कसजू सर्वोत्तकृष्ट सूचनाको हकका अभियान्ता पुरस्कार “बाट सम्मान गरिएको छ । राष्टिय सूचना आयोगले स्थापना गरेको उक्त पुरस्कार (रू. ५५ हजार र कदरपत्र) राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्नुभएको हो । नागरिकको सुसूचित हुने अधिकार, सूचनाको हकको संरक्षण, सम्वद्र्धन प्रकाशन, प्रशारण गर्ने अभियान सञ्चालन गर्दै उत्कृष्ट योगदान पु¥याउनु भएकोमा कदर स्वरुप सूचनाको हकका अभियानता दाहाललाई सम्मान गरिएको हो । उक्त सम्मान राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसको अवसरमा एक कार्यक्रम बीच सम्मान सहित सोमबार पुरस्कृत गरिएको हो । कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य, सचिव दीर्घराज मैनालीको उपस्थिति रहेको थियो ।
