अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२६ को नतिजा आएको छ । नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजे डिभीको नतिजा सार्वजनिक भएको हो । जततउकस्ररमखउचयनचबm।कतबतभ।नयखरभ्क्ऋ मा गई आफ्नो कनफरमेसन नम्बर राखेर नतिजा हेर्न सकिने छ । डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका हो । तर, नतिजा सार्वजनिक भएको केही मिनेटमै नतिजा जाँच गर्ने वेबसाइट डाउन भएको छ । एकै पटक अत्याधिक प्रयोगकर्ताले वेवसाईट खोलेका कारण ट्राफिक अट्याकमा परेर साईट खुल्न सकेको छैन । हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन् । डाइभर्सिटी भिसा लोट्री प्रोग्रामलाई ग्रिनकार्ड लोट्री कार्यक्रमको नामबाट चिनिन्छ ।
