राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को विमर्श विश्लेशण कार्यक्रम धुलिखेलबाट प्रारम्भ भएको छ । पाणिनि बुक्सद्वारा आयोजित कार्यक्रमको ब्यवस्थापन धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुले गर्नुभएको थियो । धुलिखेल लज रिसोर्टमा आयोजित कार्यक्रममा जिल्लाका सामाजिक संघ संस्थाका प्रतिनिधि, राजनीतिककर्मी र संचारकर्मीहरुको सहभागिता रहेको थियो । पुस्तकका बारेमा नविल बैकका कामु सिईओ मनोज ज्ञवाली र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले समिक्षा टिप्पणी गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी एवं लेखक राधिका शाक्यले अनुभुति प्रस्तुत गर्नुभएको थियो । लेखक शाक्यले पुस्तकमा आपूmले जीवनमा भोगेका जीवन कहानी, बस्तुस्थिति, समाज र राष्ट्रको सम्मुनत विकासमा केपी ओली शरले खेलेको भूमिका बारे पुस्तकमा वर्णन गरेको बताउनुभयो । लेखक शाक्यले केपी शरलाई गिज्याउनेहरुको भविष्य नै अन्धकार हुने तर्क गर्नुभयो । पुस्तकमा राधिका शाक्यको अनुभव र यथार्थतामा आधारित छन् । पुस्तकले नेपाली समाजका आमा, छोरी र बुहारीसहित हरेक नेपालीको जीवन, संघर्ष र करुणाको स्पष्ट चित्रण गरेको छ । करुणा जीवनको दर्शन हो । जीवन यात्राको संघर्षको प्रतिबिम्ब र सफलताको मन्त्र हो । शिवभक्ति आचार्यद्वारा संचालित कार्यक्रममा पुस्तक प्रकाशनका अध्यक्ष रामबाबु नेपाल लगायतको सहभागिता रहेको थियो ।
