IMG-LOGO

पनौती देखि नमोबुद्ध सम्म शान्ति पदयात्रा हुने

 मंगल, बैशाख २३, २०८२  --

    काभ्रे सेवा समाजको आयोजनामा पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ । बुद्ध जयन्तीको अवसरमा बैशाख २९ गते पदयात्रा कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत काभ्रे सेवा समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिनुभयो । विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउदै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वद्र्धन गर्ने उद्देश्य सहित शान्ति पदयात्रा कार्यक्रम गर्न लागिएको बताईएको छ । पनौतीको मानेश्वरीबाट शान्ति पदयात्रा सुरु गर्ने र सुन्थान–इटे–शंखु–शंखेश्वरी–जंगल हुँदै ९.५ किलोमिटर दुरी पार गरि नमोबुद्घमा पुगेर टुंगिनेछ । पदयात्रामा करिब एक हजार जना सहभागी हुने लक्ष्य राखिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष पुरुषोतम नेपाल, निवर्तमान अध्यक्ष प्रल्हाद केसी, पुर्व अध्यक्ष केशव थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने, पुर्ब अध्यक्ष मोतीराम तिमल्सिना एवं काभ्रे सेवा समाजका पदाधिकारीहरु र संचारकर्मीहरुको सहभागिता रहेकोे थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्