बनेपा रेयूकाई एईको मासुनागा आँखा अस्पतालले बनेपाले अस्पतालका संस्थापक संरक्षक युुुसुन मासुनागाको शालिक अनावरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । अस्पतालका संरक्षक हिरोको मासुनागा रेयूकाई जापान ८ औं शाखाका बोर्ड अफ डारेक्टर तोमोचुगु मासुनागा र मासारु मियाचीटो अस्पतालको पहिल्लो अवस्था सेवा प्रवाहको बारेमा अनुगमन गरेको थियो ।
अस्पतालका अध्यक्ष मधु आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जापानका प्रतिनिधिहरु र बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिकामा स्थापना गरिएको अस्पतालले सेवाग्राहीलाई विभिन्न जिल्लामा आँखा सम्वन्धी स्वास्थ्य सेवा उपलब्ध गराउन सकेकोमा धन्यवाद दिदै बनेपा नगरबासिहरुलाई आँखा सम्वन्धी सबै खाले समस्याको पहिचान, उपचार सेवा प्रदान गरेको बताउँदै अस्पतालले स्रहानीय कार्य गरेको बताउनु भयो ।
कार्यक्रममा बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने कार्यक्रममा अस्पतालका कोषाध्यक्ष दिनेश कायश्थ, अस्पतालका प्रशासकीय प्रमुख हिरामणी शर्मा, सहसचिव धर्मभक्त प्रधान, कर्मचारी प्रगती थापा लगायतले अस्पतालले यो अवधीमा पु¥याएको सेवाका बारेमा चर्चा गर्नुभएको थियो ।
सन् २००७ सालमा स्थापना भएको अस्पतालले २०२४को अन्त्य सम्ममा ११ लाख भन्दा धेरै नागरिकहरुलाई ओपिडी सेवा उपलब्ध गराएको कुरा अस्पतालका प्रशासकीय प्रमुख हिरामणी शर्माले जानकारी दिनुभयो । ६ जना विशेषज्ञ डाक्टरहरुद्वारा नियमित सेवा प्रदान गर्दै आएको अस्पतालले बनेपाका अलावा जिल्लाको भकुण्डे, सिन्धुपाल्चोकको खाँडीचौर र जनकपुर ढल्केबरमा समेत सेवा उपलब्ध गराउँदै आएको छ । ३ वटा उपचार केन्द्र र ३ वटा आँखा अस्पताल संचालन गरेको अस्पतालले बनेपामा मात्रै एकै दिन ओपिडी सेवा ४ सयलाई उपलब्ध गराउँदै आएको छ । आँखामा जलविन्दु, मोतिविन्दु लगायतका समस्या पहिचान गरेर उपचार गर्दै आएको छ ।
