पंतजति योग समिति बागमती प्रदेश, काभ्रे जिल्ला समिति र महिला समितिको आयोजनामा बैशाख १५ गते देखि १९ गते सम्म सञ्चालन हुने योग विज्ञान शिविरको उद्घाटन पनौती नगरका पूर्व प्रमुख भिम न्यौपाने र पंतजली योग समिति बागमती प्रदेश प्रमुख ग्रुवेन तौजलेले संयुक्तरुपमा उद्घाटन गरी प्रारम्भ गरियो । पनौती नगरपालिका वडा नं. २ का वडा अध्यक्ष पुरुषोतम अधिकारी, धुलिखेल नगरपालिका पूर्व उप–प्रमुख विमला शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । कोषमा भएको सम्पति पंतजली योग समिति काभ्रेका अध्यक्ष प्रभास अवालले गर्नुभएको थियो भने कार्यक्रममा सञ्चालन महामन्त्री श्याकुमार श्रेष्ठले गर्नुभएको थियो । पंतजली योग समिति वागमती प्रदेश सल्लाहकार सरिता शाक्य महिला समितिका अध्यक्ष इन्दिरा तौजले जिल्लाका पदाधिकारीहरु, धुलिखेल नगरका पदाधिकारीहरु, पनौती नगरका पदाधिकारीहरु, ललितपुर महानगरपालिकाका पदाधिकारीहरुका समेत सहभागीता रहेको थियो ।
