IMG-LOGO

लायन्स क्लब अटो सोसियल फ्रेन्डसको रक्तदान

 मंगल, बैशाख १६, २०८२  --

 

        नयाँ वर्षको अवसरमा लायन्स क्लब अफ अटो सोसियल फ्रेन्डसको आयोजनामा ललितपुरको पुल्चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले ब्लड डोनर्स एसोसिएसन, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर र ललितपुर मेकानिक संघ, नेपालसँग सहकार्य गरी रक्तदान कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा त्रिवि लायन्स रक्तसञ्चार केन्द्रले २८ पिन्ट रगत संकलन गरेको थियो । ललितपुरको पुल्चोकमा भएको रक्तदान कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालका आईपिडिजी लायन हरिप्रसाद मरहट्टा, चिफ एडभाईजर लायन कुश प्रसाद मल्ली लगायतका सिनियर लायन्स लिडर र अन्य लायन्स सदस्यहरुको उपस्थिती रहेको रिजन चियरपर्सन लायन रोशन श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्