IMG-LOGO

जोनसेन बाइकको ‘अफ–रोड’ अफर

 मंगल, बैशाख १६, २०८२  --

 

        जोनसेन बाइकको नेपालका लागि आधिकारिक वितरक स्यामुकापु ट्रेडिङले नयाँ वर्ष २०८२ लाई लक्षित गरी ‘अफ–रोड’ अफर ल्याएको छ । कम्पनीले अफरोड मोटरसाइकल रुचाउने राइडरलाई लक्षित गरी १० हजार रुपैयाँ नगद र ५ हजार रुपैयाँ टेष्ट ड्राइभ गरे बापत छुट दिने अफर ल्याएको हो । कम्पनीले हाल २१६ .६ सीसी, १४९.४ सीसी, ११९.६ सीसी, १६६.४ सीसी, १९८.८ सीसी, २३० सीसी र २५० सीसी इन्जिनका बिभिन्न मोडलका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । यी बाइकमा २ वर्ष वा ३० हजार किलोमिटरसम्मको वारेन्टि दिइएको छ । नेपाली बजारमा जोनसेन नयाँ ब्रान्ड हो । सन् १९९६ देखी मोटरसाइकल उत्पादन गर्दै आएको जोनसेन चीनको उत्कृष्ट ५०० इन्टरप्राइजेज तथा ३० अटोमोबाइल कम्पनीमा सामेल रहेको जनाइएको छ । जोनसेनले विश्वका ८० भन्दा बढी राष्ट्रमा वार्षिक ३ लाख बढी मोटरसाइकल निर्यात गर्दै आएको छ । इलेक्ट्रिक टु ह्विलर समेत बिक्री गर्नेे जोनसेनले ७० लाखभन्दा बढी कम्पोनेन्ट उत्पादन गर्दै आएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्