IMG-LOGO

भूकम्पको दसौं वार्षिकीको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर

 मंगल, बैशाख १६, २०८२  --

 

        मकवानपुर, २०७२ सालको विनाशकारी भूकम्पको दसौं वार्षिकीको अवसरमा बेथानचोक गाउँपालिका–६, भूग्दउ स्वास्थ्य चौकी परिसरमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । कार्यक्रम २०८२ साल बैशाख १२ गते आयोजना गरिएको हो । शिविर आम्दा नेपाल र बेथान्चोक गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो भने लोटस नेपालले प्राविधिक सहयोग प्रदान गरेको थियो । कार्यक्रममा बेथान्चोक गाउँपालिकाका उपप्रमुखले उद्घाटन गर्नुभएको थियो ।

        शिविरमा ७९ जना सेवाग्राहीहरूले सामान्य स्वास्थ्य परीक्षण गराएका थिए । तीमध्ये अधिकांशलाई पेल्भिक इन्फ्लामेटोरी डिजिज (एक्ष्म्) र यूरिनरी ट्रयाक्ट इन्फेक्सन (ग्त्क्ष्) देखिएको थियो । ३९ जना महिलाहरूले गाइनोकोलोजी सम्बन्धी परामर्श लिएका थिए । त्यसमध्ये १२ जनाको ख्क्ष्ब् स्क्रिनिङ गरिएको थियो र १ जनामा ख्क्ष्ब् पोजिटिभ केस देखिएको थियो ।

        स्वास्थ्य परीक्षणको क्रममा ग्त्क्ष् र क्रोनिक सर्भिसाइटिस मुख्य समस्याहरूको रूपमा देखिएका थिए । साथै, ९ जना सेवाग्राहीहरूलाई अल्ट्रासाउन्ड (ग्क्न्) परीक्षण समेत गरिएको थियो । यस किसिमका स्वास्थ्य शिविरले ग्रामीण भेगका नागरिकहरूलाई समयमै रोगको पहिचान गर्न र उपचारमा पहुँच पु¥याउन सहयोग पुग्ने आयोजक संस्थाहरूले बताएका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्