विजनेश एन्ड प्रोफेशनल वीमेन बनेपा र बनेपा नगरपालिकाको सयुक्त आयोजनामा एक दिने मानसिक स्वास्थ्य सम्बन्धि एक दिने तालीम सम्पन्न गरेको छ । तनावको उचित व्यवस्थापन, जिवनलाई उर्जामय बनाउने उद्देश्यका सथ मानसिक स्वास्थ्य तालिम संचालन गरेको कुरा संस्थाकी अध्यक्ष ईश्वरी बादेले बताउनुभयो । रुमा प्रधानले प्रशिक्षण दिनु भएको कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियोे । नगर उप प्रमुख बिमला सापकोटा दाहालको प्रमुख आतिथ्यतामा समापन कार्यक्रममा बोल्दै उहाँले महिलाहरुको सिप बिकास महिलाहरुको शसक्तिकण कार्यक्रम निरन्तर गरिरहेको बताउनु भयो । कार्यक्रमको संचालन उपाध्यक्ष सरिता पलान्चोकेले गर्नु भएको थियोे ।
