IMG-LOGO

मातातिर्थ औंसीको अवसरमा जेष्ठमाताहरुको सम्मान

 मंगल, बैशाख १६, २०८२  – गौरब मानन्धर

        चन्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले जेष्ठ सदस्य माता सम्मान ७५ वर्ष माथिका जेष्ठ सदस्यहरुलाई माता तिर्थ औंशीको अवसरमा सम्मान गरेको छ । बनेपा नगर उप प्रमुख बिमाला सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । प्रमुख अतिथि सापकोटा दाहालले बनेपा नगरपालिकाले जेष्ठ नागरिकहरुको स्वास्थ्यको नियमित परीक्षण, आँखाको सल्येक्रिया, मानसिक स्वास्थ्य निःशुल्क सेवा प्रदान गर्दै आएको बताउनु भयो । उहाँले अब बनेपा नगरपालिकाले बनेपाको हरेक वडामा जेष्ठ नागरिक मिलन चौतारी बनाएर जेष्ठ मातापिताहरुको आ–आप्mनो उमेर समुहसँग आ–आप्mनो भावना साटासाट गर्न सक्ने वातावरण तयार गर्ने उल्येख गर्दै चण्डेश्वरी साकोसले जेष्ठ माता र पिताहरुको सम्मान गरेर राम्रो कार्य गरेको बताउनुभयो । संस्थाका अध्यक्ष नवीन भक्त बादेको सभापतित्वमा सप्पन्न भएको छ । ९१ वर्षीय इन्दिरा प्रधानले सहकारी सस्थाले सम्मान गरेकोमा धन्यवाद दिनु भयो । कार्यक्रम संयोजक मनोहरी पोटका अनुसार १ सय ३० जेष्ठ सदस्य सहित १ सय वर्षकी सुन्दरी माया सुवाललाई सम्मान गरिएको थियो । कार्यक्रममा सल्लाहकारद्वय इन्द्र भैल, विकास बादे लगायतले मन्तव्य राख्नुभयो । कार्यक्रमको सञ्चालन रिता बादेले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्