IMG-LOGO

जलवायु परिवर्तन स्थानीय अनुकुलन कार्ययोजना तर्जुमा बारे अभिमुखिकरण

 मंगल, बैशाख १६, २०८२  – हरिनाथ न्यौपाने

 

        जलवायु परिवर्तन स्थानीय अनुकुलन कार्ययोजना तर्जुमाको लागि सरोकार संस्थाहरुको अभिमुखिकरण कार्यक्रम शनिबार बनेपामा सम्पन्न भएको छ । वातावरणबिद् कमलराज गोसाइँले जलवायु अनुकूलनको बारेमा प्रशिक्षण दिनुभएको कार्यक्रममा बिजय महर्जनले ीब्एब् को उदेश्य र कार्यान्वयन चरणको बारेमा जानकारी दिनुभयो । अध्यक्ष निर्मला श्रेष्ठले विभिन्न पक्षहरुसँग संवाद तथा अन्र्तक्रिया र अभिमुखिकरण गर्ने क्रममा सरोकारवाला संघ संस्थाहरुसँग आयोजना गरिएको छलफलले कार्ययोजना निर्माणमा थप मद्दत पुग्ने उल्लेख गर्नुभयो । बनेपा नगरपालिकाले स्थानीय अनुकुलन कार्ययोजना (ीब्एब्) बनाउने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । महिला जागरण समूह बनेपाको आयोजना एवं बनेपा नगरपालिका र प्रकृति रिसोर्सेस सेन्टरको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सहभागिहरुले जलवायु परिवर्तनले देखा परेका समस्या, भोगाई तथा अनुभव र आगामी योजनाका बारेमा धारणा राखेका थिए । महिला जागरण समूहकि अध्यक्ष निर्मला श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा बाताबरण सङ सरोकार राख्ने सघं संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण भवानी श्रेष्ठले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्