धुलिखेल अस्पतालको बालरोग विभाग अन्तर्गत किशोर– किशोरी स्वास्थ्य क्लिनिकको शुभारम्भ अस्पतालका संस्थापक प्रा.डा.रामकण्ठ माकजुले गर्नुभएको छ । क्लिनिकको शुभारम्भ गर्दै प्रा.डा. माकजुले धुलिखेल अस्पतालले सबै नागरिकहरुले सहज सेवा लिन पाउने गरी सबै प्रकारका सेवाको सुबिधा उपलब्ध गराएको बताउनुभयो । कार्यक्रममा बालरोग विशेषज्ञ डा. पृथुजा पौडेलले समग्र किशोर किशोरी हेरचाह कल्याण, दीर्घकालीन रोग ब्यवस्थापन, प्रजनन स्वास्थ्य सेवाहरुका साथै मानसिक स्वास्थ्य सेवा क्लिनिकमा उपलब्ध गराईने बताउनुभयो । विहिबार संचालन हुने उक्त क्लिनिक दिउसो १ देखि ४ बजेसम्म संचालन हुनेछ । उक्त कार्यक्रमका लागि एम्प्याथ नेपाल, काठमाडौ युनिभर्सिटी स्कुल अफ मेडिकल साईन्स, माउन्ट आईकन स्कुल अफ मेडिसिन, अर्नहोल्ड इन्ष्टिच्युट फर ग्लोवल हेल्थ लगायतका संस्थाले साझेदार गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, बाल रोग विभागमा कार्यरत चिकित्सक तथा अन्य ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
