काठमाडौंको, राष्ट्रिय सभागृहमा सम्पन्न लायन्स इन्टरनेसनल ३२५ न् को तेस्रो वार्षिक डिस्ट्रिक कन्भेन्सनबाट बर्ष २०२५÷२६ का लागि विधान जोशी गभर्नर पदमा निर्वाचित हुनु भएको छ । विगत दुई दशकदेखि सामाजिक संघ संस्थामा जोशी निरन्तर क्रियाशिल हुनुहुन्छ । चेतना नेपाल (रेडियो एविसी)का शेयर सदस्य समेत रहनुभएका विधान जोशीलाई संस्थाको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।
