IMG-LOGO

लोकतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा पूनः योगेन्द्र, सचिवमा राजेश

 मंगल, बैशाख १६, २०८२  रमेशप्रसाद न्यौपाने  

 

         काठमाण्डौं नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा संघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कांग्रेस उप सभापति धनराज गुरुङ, कांग्रेस नेता एबम पुर्ब अर्थ मन्त्री डाक्टर प्रकाशसारण महत, कांग्रेस केन्द्रिय सदस्य एवं ट्रेड युनियन कांग्रेस बिभागीय प्रमुख शिव हुमागाई, कृषि तथा पशुबिकास मन्त्री राम प्रसाद अधिकारी बागमती  प्रदेशका पुर्ब गृह राज्य मन्त्री इन्द्र बानियाँ, कांग्रेस ट्रेड युनियन काङ्ग्रेस महासचिव अजय राई, काङ्ग्रेस काठमाडौं  जिल्ला कार्यसमिति सभापति कृष्ण बानियाँ लगायतले यातायात क्षेत्रको समस्या पहिचान गरि ब्यवस्थित सडक सन्जाल निर्माण, सडक को भौतिक पुर्बाधार निर्माण समस्या समाधानले मात्र सवारी दुर्घटनामा न्यूनीकरण आउने धारणा राख्नु भएको थियो । यातायात क्षेत्रमा १३ खर्बको लगानी, १५ लाखलाई रोजगारी दिएको भएपनी राज्यले अबमुल्यन गरेको ब्यसायीको आरोप छ । नयाँ मोडेलको बस, इलेक्ट्रोनिक बस खरिदमा समेत राज्यले प्रोत्साहित  नगरी ब्यसायिको ढाड सेक्ने कर असुल्ने गरेको व्यवसायले दुःखेको पोखे । एमाले र कांग्रेसको सरकार भएपनि व्यावसायी र जनताको हितमा कर्य गर्न नसकेकोले जन आक्रोश तिब्र भएको बोल्ने बक्ता ब्यसायिको धारणा राखेका थिए । उक्त महाअधिबेशनले योगेन्द्र नाथ कर्माचार्यको नेतृत्वमा ५५ सदस्य कार्य समिति निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट र विजय बहादुर स्वार, उपाध्यक्षमा शरद अधिकारी, नन्द लाल श्रेष्ठ, सानुकाजी प्रजापति, सुरेश हमाल र कान्छामान बल, उपाध्यक्ष प्रदेश तर्फ राजेन्द्र रिजाल–कोशी प्रदेश, मनोज चौधरी–मधेश प्रदेश, सुबन गिरी–वाग्मती प्रदेश, गोकर्ण कार्की–गण्डकी प्रदेश, मन प्रसाद आचार्य–लुम्विनी प्रदेश, विष्णु बहादुर खड्का–कर्णाली प्रदेश र उपेन्द्र सिं विष्ट–सुदुर पश्चिम प्रदेश, उपाध्यक्ष महिलामा पुष्पा श्रेष्ठ, महासचिव केदार नाथ पौडेल, उपमहासचिव रजन रोक्का सचिवमा रवि रिमाल, किरण कुमार खड्का र राजेश कुमार श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र विक्रम वानिया, सहकोषाध्यक्षमा टेक राज जोशी, केन्द्रीय खुल्ला तर्फ चेत प्रसाद गौतम (अर्जुन), राजेन्द्र कुमार श्रेष्ठ, दिल बहादुर ढुंगाना क्षेत्री (मिलन), मान बहादुर सावद, किशोर वाग्ले, भगत रानाभाट, लोकेन्द्र चन्द्र, हरि प्रसाद न्यौपाने, ठाकुर नाथ सुवेदी, भानुभक्त बराल, अमृत शर्मा तिमिलसिना, बाल कुमार विष्ट र शुनिल कुमार मिश्र, केन्द्रीय सदस्य महिलामा चन्द्रा ओझा र रिना कोइराला, केन्द्रीय सदस्य प्रदेश तर्फ कोशी प्रदेश केशव बहादुर थापा र ध्रुव राज घिमिरे, मधेश प्रदेशमा राकेश कुमार राय र अरुण कुमार महतो, वाग्मती प्रदेशमा सुनिल कुंवर, धन बहादुर गरुङ, याम वहादुर कार्की, विनिता बस्नेत र सन्दिप कुमार खत्री, गण्डकी प्रदेशमा उमेश के.सी. र प्रेम राज पौडेल, लुम्विनी प्रदेशमा निम बहादुर चलाउने (निरज) र शुशिल कुमार वस्नेत (शुनिल), कर्णाली प्रदेशमा दिपेन सिंह र क्षेत्रमणी गिरी, सुदुर पश्चिम प्रदेशमा दिल प्रसाद वोहरा र ख्याम बहादुर खत्रीं निर्वाचित हुनुभएको छ ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्