IMG-LOGO

सुनकोसीले ठमेल काव्योत्सव गर्यो

 मंगल, बैशाख ९, २०८२  --

     काठमाडौं । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न भएको छ । ठमेलमा आयोजित काव्योत्सवमा अग्रजदेखि अनुजसम्मका कविहरुलेआ आफ्नो रचना बाचन गरे । नयाँ वर्ष–२०८२ को उपलक्ष्यमा सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा शनिबार भएको उक्त काव्योत्सवमा तीन दर्जन कविहरुले आआफ्नो रचना सुनाए । काव्योत्सव ठमेल चिःवहालमा सम्पन्न भएको हो । काव्योत्सवको समुद्घाटन पानसमा द्धीप प्रज्ज्वलन गरि काठमाडौं महानगरपालिका वडा नं.२६ का वडा अध्यक्ष ख्यामराज तिवारी,राजेन्द्र शलभ तथा मच्छेश्वर सापकोटाले संयुक्त रुपमा गरेका थिए ।

     चिःवहाल परिवार, ठमेलको सह–आयोजनामा सम्पन्न उक्त काव्योत्सबमा काठमाडौं महानगरपालिका वडा नं.२६ का वडा अध्यक्ष ख्यामराज तिवारीले भने–’कविहरुको कलम नकारात्मक कुराको विरुद्ध समाजलाई व्यवस्थित गर्न टेवा गर्नेतर्फ चलोस । सहकार्यको निम्ति हरदम तयार छु ।’ कार्यक्रमका विशिष्ठ अतिथि कवि, निर्देशक एवं गीतकार राजेन्द्र शलभले कविता सुनाउँदै आयोजक संस्थालाई धन्यवाद दिए । यसैगरी कार्यक्रमका अर्का विशिष्ठ अतिथि एवं वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले लोकगीत गाउँदै हामीले विकृति र विसंगति विरुद्ध दर्विलो आवाज उठाउन जरुरी भएको बताए । अर्का अतिथि स्नेह सायमीले चिःवहालको बारेमा आफ्ना कुरा राख्दै कविता सुनाए ।

     यसैगरी वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ’रोदन’ले सुनकोसी वाङ्मय प्रतिष्ठानले स्थापनाको सुरुमै धेरै साहित्यिक गतिविधिहरु सञ्चालन गरेकोमा खुशी व्यक्त गरे । उक्त काव्य वाचनमा श्रीबाबु कार्की,डा.अनन्त अधिकारी, मधु पाठक, विमल भौकाजी, शकुन्तला जोशी, दियश रत्न शाक्य, देविका तिमिल्सिना, तारा केसी, विश्व सिग्देल, मुरारी सिग्देल, सुषमा आचार्य, दिपक चौलागाई, शशीश्री आचार्य, रुपा रिसाल, ध्रर्व थापा पुरुष, राजुबाबु श्रेष्ठ, माधव विंडारी, लक्ष्मण सापकोटा, रमा अधिकारी ’कादम्बरी’ गंगा थापा अधिकारी, मिनकुमार नबोदित, पूर्णबहादुर श्रेष्ठ ह्रदयंकृत, विष्णु थापा, गोविन्दराज पौडेल, लगायत तीन दर्जन कविहरुले आआफ्नो कविता सुनाएका थिए ।

     सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता एवं महासचिव प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा वाङ्मयका उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । काव्योत्सवको पार्टनर इ खबर नेट रहेको थियो । ठमेल काव्योत्सवमा कवि साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्