जनमत मासिकको सम्पादन तथा साहित्यिक सिर्जना र अभियानमा सक्रिय रहँदै भाषा–साहित्यको विशिष्ट योगदान पु¥याउन सफल रहेकोले नेपाल प्रज्ञा–प्रतिष्ठानले रु.५०,०००।– नगदसहित ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’ मोहन दुवाललाई प्रदान गर्ने निर्णय गरिएको समाचार विज्ञप्तिमार्फत् प्राप्त भएको छ । उक्त सम्मानबाट ‘मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ डोट्याली भाषाको साहित्यिक पत्रिका गुगुल्डीका सम्पादक वीरबहादुर चन्द (कञ्चनपुर) लाई प्रदान गरिने भएको छ ।
यसैगरी शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल, पाल्पाले कमलराज रेग्मी ‘राष्ट्रिय सुकर्म पुरस्कार’ नगद रु.५१,०००।– सहित मोहन दुवाललाई प्रदान गरिने भएको छ ।
