जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्ला स्थित कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुको संयुक्त बैठक आयोजना गरी नागरिकहरुले प्राप्त गर्नु पर्ने सूचना सहज रुपमा उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले निर्देशन दिएका छन् । बैठकमा सूचना सहज रुपमा उपलब्ध गराउन र सार्वजनिक गर्नु पर्ने सूचनाहरु सार्वजनिक गर्न प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले निर्देशन दिएका थिए । कार्यक्रममा जिल्ला स्थित कार्यालय प्रमुखहरु, सूचना अधिकारीहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतले नागरिकहरुको सरोकारका विषयमा ध्यान दिन अनुरोध गरेका थिए ।
