नेपाल सरकारले धुलिखेल नगरपालिकालाई नमुना रोजगार सेवा केन्द्रका रुपमा छनौट गरेको छ । धुलिखेल नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत धुलिखेलका विभिन्न वडाहरुमा संचालित आयोजनाहरुलाई पूर्णता दिन बेरोजगार नागरिकहरुको सूचिकृत गरी रोजगार उपलब्ध गराउँदै भएको छ ।
शुक्रबार धुलिखेलमा स्थानीय सरकार, नीजि क्षेत्र र सरोकारवालाहरु बीच छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुले छनौट भएका ब्यक्ति र कार्यक्रमको प्रभावकारीता बढाउन आवश्यक समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । राष्ट्रिय कार्यक्रम निर्देशक डन्द्रुराज घिमिरेले प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रभावकारीता, आवश्यकता र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।
उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने तथा जनप्रतिनिधिहरु, नीजि क्षेत्रका ब्यक्तिहरु, उद्योगी ब्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अशोक रेग्मि र विद्यासागर पाण्डेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक वर्ष २०८१÷२०८२ का लागि बेरोजगारको सूचीमा छनौट भएका नागरिकहरुका लागि काममा खटिनु पुर्व यस अघि नै नगरपालिकाले अभिमुखिकरण गरेको थियो । नगर प्रमुख अशोक ब्याञ्जुले शिक्षा ग्रहण गरि सफलता हाँसिल गरेका जनशक्ति ७० प्रतिशत प्रविधिको ज्ञान र सिप नभएको र ३० प्रतिशत उद्यमसिलता, सिपको ज्ञान भएको जनशक्ति छ भन्नुभयो ।
नगरपालिका देशकै कम गरिवी भएको पालिकाका रुपमा रहेकाले उक्त संख्या शुन्यमा पु¥याउने गरी कार्य गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताए । सकेसम्म १२ महिना नै काम हुने गरी धुलिखेलमा वातावरण अनुकुल उद्योगहरु संचालन गर्ने वातावरण तयार गरेको बताउँदै नगर प्रमुख ब्याञ्जुले धुलिखेल पर्यटन, शिक्षा र स्वास्थ्यको पहँुच विस्तार, खानेपानीको उपलब्धी भएकाले त्यहि ब्यवसायलाई अझै प्रर्वद्धन गरी रोजगार सिर्जना गर्ने र गरिवी निवारण गर्ने निरन्तर विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनीले प्रधानमन्त्री रोजगार कार्यक्रम र त्यसको प्रभावकारिता तथा त्यसको महत्व र त्यसको कार्यान्वनमा सुचिकृतहरुले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए । नगरपालिका रोजगार संयोजक सम्झना शर्मा नेपालले कार्यक्रमका बारेमा जानकारी गराउँदै काममा छनौट भएकाहरुले ध्यान दिनु पर्ने विषय र उनिहरुले पाउने पारिश्रमीक लगायत नमूना रोजगार कार्यक्रमका बारेमा जानकारी गराएकी थिईन् । २०७५ साल देखि शुरु भएको उक्त कार्यक्रममा धुलिखेलमा चालु आर्थिक वर्षका लागि १६ वटा आयोजनाका लागि २ सय ४१ जना छनौट भएका छन् । जसमा महिला १ सय ८३ जना र पुरुष ५८ जना रहेका छन् ।
स्थानीय तहका लागि ३४ लाख १० हजार रोजगार कार्यक्रमका लागि रकम विनियोजन भएको छ भने ५८ लाख ६० हजार निर्माण सामाग्री, हाते औजार तथा अन्य सामाग्री खरिदका लागि विनियोजन भएको छ । कुल ९२ लाख ७० हजार रकम उक्त कार्यक्रममा खर्च हुने जनाएको छ ।
नमुना केन्द्र भएकाले धुलिखेलमा आईडिए मार्फत ५३ लाख ६२ हजार र नेपाल सरकार मार्फत १३ लाख रकम पुँजीगत र चालु शिर्षकमा विनियोजन भएको छ । ६६ लाख ६२ हजार रकम उक्त कार्यमा विनियोजन भएको छ । सडक मर्मत तथा सम्भार, कृषि तथा सिंचाई, ग्रामिण खानेपानी, स्वास्थ्य पूर्वाधार, शिक्षा, वन तथा जलाधार क्षेत्रमा छनौट भएका योजनाहरुमा सुचिकृत बेरोजगारहरुले श्रम कार्यगर्ने छन् ।
नेपालमा सन् २०१९ सेप्टेम्वर १२ देखि २०२४ ३० जुनसम्मका लागि १ सय मिलियन डलर अर्थात १४ अर्ब सहुलियत ऋण उक्त कार्यक्रमका लागि प्राप्त भएको छ । जसबाट १ लाख ६० हजार जनालाई अल्पकालिन र दुई हजार एक सय जनालाई एक सय दिनको रोजगारी दिने सम्झौता भएको थियो ।
