IMG-LOGO

काभ्रे सेवा समाजको अध्यक्षमा पुरुषोतम

 मंगल, बैशाख ९, २०८२  – गोविन्द प्रसाद मैनाली  

     काठमाडौ । काभ्रे सेवा समाजको १३औं साधारणसभाबाट शनिबार पुरुषोत्तम नेपालको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । निर्वाचन समितिका संयोजक ’गंगासागर खत्रीका अनुसार, नेपालसहित १७ जना निर्विरोध चयन हुनुभएको हो । २१ सदस्यीय कार्य समितिका चार जना भने मनोनित गर्ने प्रावधान रहेको खत्रीले जनाउनुभयो ।

     नेपालको नेतृत्वमा चयन भएको कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष पूर्णसिंह खड्का, उपाध्यक्षमा लभराज जोशी, महासचिवमा कमल तिमल्सिना, सचिवमा ओमकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा धनरानी केसी चयन हुनुभएका छन् । यसैगरी कार्य समिति सदस्यहरुमा उद्धवबहादुर थापा, सच्चयूराज उप्रेती, भीमप्रसाद गौतम, केशवराज खरेल, सुकदेव सापकोटा, रामप्रसाद हुमागाई, राममणि अधिकारी, काशीनाथ तिमल्सिना, सरस्वती चिमोरिया, शर्मिला थापा विष्ट र अनिल तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

     साधारणसभाकै अवसरमा नेपाल बार एशोसियसनका नवनिर्वाचित महासचिव केदार कोइराला र केन्द्रीय सदस्य मुकुन्द अधिकारीका साथै फूल्चोकी क्षेत्रमा हराईरहेका व्यक्तिहरुको उद्धारमा योगदान पुर्याउनु भएका पनौतीका दावा तामाङ र २०८१ साल असोजमा आएको बाढीको कारण बाग्मतीमा ज्यान गुमाउने अवस्थामा पुगेका व्यक्तिहरुलाई ठूलो जोखिम मोलेर ज्यान जोगाउने तिमालका चनिकलाल तामाङलाई लोक सेवा आयोगका पूर्व अध्यक्ष एवं काभ्रे सेवा समाजका सल्लाहकार संयोजक उमेश मैनालीले सम्मान गर्नुभएको थियो ।

     नेपाल सरकारका पुर्व सचिव धनबहादुर तामाङ, सेवा समाजका अध्यक्ष प्रल्हाद केसी, सम्मानित व्यक्तित्व तामाङ र कोइराला लगायतले आफ्नो जिल्लाको विकासमा सबै एकजुट भएर सक्रियतापूर्वक लाग्नुपर्ने धारणा राखिएको थियो । साधारणसभामा महासचिव राघव सिंह थापाले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिना श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्